७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलको नयाँ बसपार्कमा बसको छतमा शव फेला



अ+ अ-

बुटवल । बुटवलको नयाँ बसपार्कमा बसको छतमा शव फेला परेको छ ।

पार्किङ गरिराखेको लु१६१३७ नंम्बर बसको छतमा आंशिक सडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उक्त शव गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको भएको प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

घटनाका थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।