७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति पुनसँग मोरक्कोका राजदूतको शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि मोरक्कोका राजदूत मोहम्मेद मल्लिकीले शिष्टाचार भेट गरेका छन् ।

शुक्रबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।

भेटमा उपराष्ट्रपतिले नेपाल र मोरक्कोको औपचारिक सम्बन्ध स्थापना भएको ४४ वर्ष पुगेको र दुई देशबीचको सम्बन्ध प्रगाढ बन्दै आएको बताए ।

नेपालका लागि मोरक्कोका राजदूत मल्लिकीले नेपाल मोरक्कोको असल मित्र राष्ट्र भएको बताए । उनले कृषि लगायत विविध क्षेत्रमा नेपालसँग सहकार्य गर्न मोरक्को जहिल्यै तयार रहेको बताए । उनले नेपालको कृषि क्षेत्र मोरक्कोको प्राथमिकतामा रहेको बताए ।

मोरक्कोका राजदूतले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना दिंदै उक्त अवसरमा मोरक्कोका नागरिकलाई नेपाल भ्रमण गर्न आफूले सहजीकरण गर्ने बताए ।