४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

जाडो मौसममा यी खानेकुरा खान उपयोगी सावित, हेर्नुहोस्

जाडो मौसममा यी खानेकुरा खान उपयोगी सावित, हेर्नुहोस्
अ+ अ-

काठमाडौं । यतिबेला सबैतिर जाडो बढेको छ । जाडोमा चिसोका कारण शरीरको तापक्रम कम हुने भएकाले रगतमा पोषणको मात्रा पर्याप्त नहुँदा शरीरले चिसो महसुस गर्छ । त्यसैले भोक धेरै लाग्छ तर, जाडोको समयमा खानेकुरामा हामी प्रायः कम ध्यान दिन्छौँ । जाडोमा बच्नका लागि कपडा लगाएर मात्र हुँदैन, मौसम अनुसार तातो खालका खानेकुरा समेत खानु पर्छ ।

सुन्तला
जाडोयाम सुन्तलाको मौसम हो । जाडोमा सुन्तला खानु अत्यावश्यक छ तर कतिपयले भने चिसो लाग्ला भनेर सुन्तला खाँदैनन् । यो गलत हो । सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ । यस्तै सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ । सुन्तला खाँदा मिर्गौला सम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हटाउँछ । यसमा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ । त्यस्तै सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ । सुन्तलामा पोलिफेनोल्स जस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकी जस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।

दही
जाडोमा प्रायः चिसो खाने कुराहरु खान बन्द नै गर्छौ । धेरै मानिसले दहीलाई पनि खान रोक लगाउने गरेका छन् । तर जाडोमा दही खाँदाको फाइदा नै फाइदा छन् । दहीमा पाईने लैक्टोबैसिलसले जाडो मौसममा रुघा खोकीबाट बचाउन मद्दत पुर्याउँछ । त्यस्तै श्वासको रोग अर्थात अस्थमा जस्तो रोग हुनेलाई पनि दही सेवनले फाइदा पुर्याउनेछ । जाडोमा चिसो दहीको सट्टा तातो दही खानुपर्छ । जाडोमा दही खाँदा चिसो हुने हुँदा घाममा बसेर पनि सेवन गर्न सकिन्छ । यस्तै दहिमा भिटामिन र प्रोटिन पनि भरपुर हुने हुँदा अरु धेरै फाइदाहरु छन् ।

दहीमा लैक्टोबैसिलस नामको निकै स्वस्थ ब्याक्टेरिया हुन्छ, जसले शरीरमा भएको खराब ब्याक्टेरियालाई नष्ट गर्न सहयोग पुर्याउँछ । त्यस्तै दहीलाई भिटामिन, पोटासियम, मैग्नीशियम र प्रोटिनको भरपुर श्रोत मानिन्छ । त्यस्तै दही सेवन गर्दा इम्यून सिस्टमलाई दह्रो बनाउन सहयोग गर्छ जसले गर्दा रुघाखोकीमा बच्न मद्दत पुर्याउँछ । दहीमा क्याल्सियम भरपुर हुने गर्दा शरीरको हड्डी मजबुत बनाउन सहयोग पुर्याउँछ । यस्तै दहीले स्क्रिनमा चमक आउनुका साथै स्वच्छ रहन पनि मद्दत गर्छ ।

माछा
जाडो अथवा गर्मी, जुनसुकै मौसममा माछा खान सकिन्छ । तर, जाडोमा खान अझै उपयुक्त हुन्छ । यसलाई फ्राई गरेर वा सुप बनाएर खान सकिन्छ । माछामा पाइने न्युट्रोन्स, प्रोटिन, आयोडिन, मिनरल्स र भिटामिन डी मानव शरीरलाई नभई नहुने तत्व हुन् । शरीरमा यी तत्वको कमी भयो भने विभिन्न रोग लाग्न सक्छ । त्यसैले माछा खानु राम्रो हुन्छ ।

माछामा ‘ओमेगा ३’ बोसोयुक्त एसिड हुन्छ । यो मानव स्वास्थ्यका लागि निकै महत्वपूर्ण तत्व हो । यसले मस्तिष्क र आँखाको रेटिना निर्माण, वृद्धि र विकासमा ठूलो भूमिका खेल्छ । नियमित माछा खाने मानिसमा मुटुको समस्या समेत कम हुन्छ । यसले मानसिक तनावबाट मुक्त हुनसमेत सहयोग गर्छ । जाडोमा माछाको सुप बनाएर खाँदा भाइरस रुघाखोकीबाट बच्न सकिन्छ ।

दालचिनी, मरिच
दालचिनी र मरिच क्यालसियम र आइरनको राम्रो स्रोत हो । यिनीहरुले ‘रेड ब्लड सेल’ उत्पादन र रोग प्रतिरोधात्मक शक्ति बढाउन मद्दत पुर्याउँछ । दालचिनीले मधुमेहको स्तर घटाउन पनि मद्दत गर्छ । यसलाई चिया वा कफीमा हालेर पनि सेवन गर्न सकिन्छ । यस्तै मरिच चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि उपयोगी हुन्छ । त्यसैले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।

सखरखण्ड
सखरखण्ड भिटामीन ए को महत्वपूर्ण स्रोत हो । यसमा भिटामीन इ पनि रहेको पाइन्छ । यसले रक्तकोषहरु मर्नबाट समेत जोगाउँछ । सखरखण्डको भिटामीन इ ले प्रतिरक्षात्मक प्रणालीलाई एकदमै राम्रो बनाउँछ । त्यसैले नेपाली माटो र बजारमा पर्याप्त पाइने सखरखण्ड खाएर सर्दीबाट बचौं ।

बाँसको तामा
जाडोमा तामाको सुप स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसको तरकारी, अचारसँगै सुप पनि बनाएर खान सकिन्छ । बाँसको तामाका परिकार खाँदा उच्च रक्तचाप, मुटुरोग, कोलेस्ट्रोल बढ्ने जस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ । बाँसको तामामा कार्बोहाइड्रेट र फलामको मात्रा कम हुने भएकाले मधुमेह र मोटोपनका बिरामीका लागि पनि फाइदाजनक हुन्छ ।

रायोको साग
रायोको साग हिउँदमा सजिलै उपलब्ध हुने स्वादिष्ट तथा पौष्टिक आहार तरकारी हो । जुन हामी सधैं खान सक्छौँ । यो जाडो मौसमका लागि स्वास्थ्यका दृष्टिकोणले समेत एकदमै लाभदायी मानिन्छ । रायोको सागमा पाइने भिटामिन ए ले चिसोयाममा बढी देखिने बाथ, कफ जस्ता रोग नियन्त्रण गर्छ । बाथका रोगीका लागि हुने हड्डी दुख्ने समस्याबाट राहत समेत मिल्छ । रायो भिटामिन सी को पनि राम्रो स्रोत भएकाले यो नियमित खाँदा रुघाखोकी लाग्दैन । साथै यसले क्यान्सर लाग्नबाट बचाउँछ । रायो फाइबरयुक्त भएकाले कलेजो र रगत दुवैलाई ‘डिटक्सिफाइ’ गर्छ र कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ ।

मेथीको साग
मेथीको दाना स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, दाना मात्र नभएर मेथीको साग पनि उत्तिकै उपयोगी छ । मेथीको साग खाएमा चिसो मौसममा हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ । मेथीको सागमा पाइने एमिनो एसिडले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ । त्यस्तै, यो नियमित खाँदा रक्तचापसमेत नियन्त्रण गर्छ । त्यसैगरी, मेथीको सागमा पाइने गेलोप्टोमाइनन् नामक तत्वले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्छ ।

 च्याउ
च्याउ सेलेनियमको राम्रो स्रोत हो । यसले स्नायु प्रणालीलाई बलियो बनाएर शरीरमा रक्तचाप बढ्न दिँदैन र रगतसम्बन्धी क्यान्सर हुनबाट रोक्न मद्दत गर्छ । चिसो मौसममा विशेषगरी च्याउको सुप बनाएर खान सकिन्छ । यसमा प्रशस्त मात्रामा पाइने खनिज पदार्थले चिसोका कारण हुने मांसपेशी दुखाइ नियन्त्रण गर्छ । तसर्थ, च्याउ बाथका रोगीका लागि फाइदाजनक हुन्छ । त्यस्तै, यसमा पाइने बिटा ग्लुकनले रगतमा सेतो रक्तकोषिका निर्माण गरि प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग पुर्याउँछ ।

गाँजर
उज्यालो रातो रङ भएको तरकारी, गाँजरमा धेरै मात्रामा ‘बेटा क्यारोटिन’ हुन्छ । यसबाहेक गाँजर फाइबरयुक्त हुन्छ, जसले शरीरको तौल घटाउन पनि मद्दत पुर्याउँछ । गाँजरमा अधिक मात्रामा एन्टिअक्सिडेन्ट, भिटामिन ‘के’ र कोलेस्ट्रोलको मात्रा कम हुन्छ । यसले आँखा पनि स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले चिसो मौसममा गाँजरलाई आफ्नो खानामा समावेश गर्नु उपयुक्त हुन्छ । यसले शरीरमा जन्मने भाइरसलाई समेत नष्ट गर्ने काम गर्छ ।