७ पुष २०८२, सोमबार
,
Latest
‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनकाण्डः सर्वोच्चले उच्च अदालतको आदेश सदर गर्यो



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले सुनकाण्डमा महावीर गोल्यान बाहेक अरुको हकमा उच्च अदालत विराटनगरले गरेको आदेश सदर गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र शुस्मलाता माथेमाको इजलासले शुक्रबार गोल्यानलाई उच्च अदालतले पूर्वक्षका लागि थुनामा राख्न दिएको आदेशलाई बदर गरेको हो ।

गोल्यानलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । अरूको हकमा भने उच्च अदालतले दिएको आदेश नै सदर भएको छ ।

यो आदेशसँगै निलम्बित डीएसपी सञ्जय राउत, पूर्व एसएसपी श्यामबहादुर खत्री, भुजुङ गुरुङ, छिरिङ वाङद्ने घले उर्फ डा. डेभिड थुनामा नै रहने भएका छन् ।

उच्च अदालतले सई बालकृष्ण सञ्जललाई साधारण तारेख छाडेको थियो भने विमल पोद्दार र राजेन्द्रकुमार शाक्य १० लाख धरौटीमा छुटेका थिए ।