• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

महिलाको दाह्री–जुँगा किन आउँदैन भन्ने जिज्ञासाको यस्तो छ कारण, थाहा पाउनुहोस्



काठमाडौँ । हरेक घटनाको कारण हुन्छ । मानिसले कति कारण थाहा पाउँछन् । कति थाहा पाउँदैनन् । तर बेला बेलामा मानिसका दिमागमा विभिन्न प्रकारका प्रश्नहरु उब्जिन्छन् । ति प्रश्नहरुका उत्तर उसले पाउँछ भने कतिपय प्रश्नका उत्तर उसले नपाएको पनि हुन सक्छ । यस्तै केही प्रश्नहरुबारे चर्चा गरौं ।

महिलाको दाह्री–जुँगा किन आउँदैन ?
मानिसको उमेर बढ्दै गएपछि कपाल वृद्धि हुने प्रक्रियालाई लैङ्गिक ग्रन्थीले नियन्त्रण गर्न थाल्छ । यो ग्रन्थीलाई एडरेनल ग्लाण्ड भनिन्छ । एडरेनल ग्लाण्डले केटाहरुमा र केटीहरुमा भिन्नभिन्नै प्रकारको रस (हर्मोन) पैदा गर्दछ, जसलाई क्रमशः पुरुष हर्मोन (इन्ड्रोजीन) र महिला हर्मोन (ओईस्ट्रोजीन) भनिन्छ । एन्ड्रोजीनले दाह्री–जुँगा र शरीर रौँको विकास गर्न मदत गर्दछ तर तालुको रौँ वृद्धिमा भने प्रतिकुल असर पार्दछ । ओइस्ट्रोजीनले तालुको कपाल बढाउन मदत गर्छ तर दाह्री जुँगा र शरीरका रौँ भने बढ्न दिँदैन । यसैले स्त्रीजातिमा दाह्री–जुँगा आउँदैन तर पुरुषहरुमा आउँछ ।

सूर्यमुखी फूल किन सूर्यतिरै फर्किन्छ ?
सूर्यमुखी फूलमा अक्सिन भन्ने एक प्रकारको हर्मोन हुन्छ । यसले बिरुवाका कोषहरुलाई तन्किन वा लम्बिन मदत गर्दछ । अक्सिन सूर्यको प्रकाश परेको ठाउँबाट सरेर अझेल भएतिर आउँदछ । बिहान पूर्वबाट सूर्य उदाउँदा फूलको डाँठमा भएको अक्सिन घाम नभएपट्टि वा पश्चिमतिर जम्मा हुनजान्छ र त्यसतर्फका कोषहरु बढी लम्बिन थाल्छन् । त्यसैले फूल स्वतः पूर्वतिर ढल्कन जान्छ । सूर्य सर्दै जाँदा त्यही क्रमले अक्सिन पनि सर्दै जान्छ र सूर्यमुखी फूल सधैँ सूर्यतिर फर्किरहेको हुन्छ ।

सिस्नुले किन पोल्छ ?
सिस्नुका हाँगा र पातमा ससाना रौँ जस्ता काँडाहरु हुन्छन् । यी काँडाहरुको टुप्पो तिखो र फेद फक्रेको थैली जस्तै हुन्छ । यस्ता थैलीमा फर्मिक एसिड भन्ने एक प्रकारको अम्ल हुन्छ । हलुको ढङ्गले मात्र छोयो भने पनि काँडाको टुप्पो हाम्रो छालामा छिर्छ, काँडा भाँचिन्छ र हाम्रो छालामा टाँसिएर आउँछ । काँडामा भएको फर्मिक एसिड हाम्रो छालामा पस्दछ र हामीलाई पोलेको अनुभव हुन्छ ।

माकुरो फस्दैन, किन ?
माकुरोले आफ्नो जालो सधैँ गोलो आकारको बनाएरको हुन्छ र आफूलाई बस्ने ठाउँ जालोको माझमा बनाएरको हुन्छ । जालोको बिचमा कुनै प्रकारको टाँसिने पदार्थ हुँदैन तर वरिपरि भने गुंद च्यापच्याप लाग्ने पदार्थले छोपेको हुन्छ । फलस्वरूप किराहरु जालोमा फस्छन् तर माकुराका खुट्टाहरुमा एक प्रकारको तेल जस्तो पदार्थ पोतिएको हुन्छ जसले गर्दा तिनीहरु जालोमा फस्दैनन् ।

पाकेको फल गुलियो हुन्छ किन ?
काँचो फलमा एक प्रकारको रासायनिक पदार्थ (अम्ल) को मात्रा बढी हुन्छ । फल पाक्दै जाँदा विभिन्न किसिमले विस्तारै अम्ल पनि चिनीमा बदलिन थाल्छ । फल पाक्दै जाँदा चिनीको मात्रा पनि बढ्दै जान्छ । यसैले फलफूलहरू हरियो हुँदा वा काँचो बेलामा अमिलो र त्यही फल पाक्दा गुलियो हुन्छ ।

गर्मी हावामा ध्वनि स्पष्ट सुन्न सकिन्छ किन ?
चिसो हावामा आद्र्रता तातो हावामा भन्दा बढी हुन्छ, फलस्वरूप ध्वनीको गीत तातो हावामा भन्दा चिसो हावामा बढी हुन्छ । त्यसैले चिसो हावामा भन्दा गर्मी हावामा ध्वनि स्पष्ट सुन्न सकिन्छ ।

डेसिबल भन्नाले के बुझिन्छ ?
डेसिबल भनेको ध्वनीको ठूलोपनाको तीव्रता नाप्ने एकाइ हो । अहिलेको युगमा विभिन्न उपकरणहरुको सहायताले ध्वनीका बारेमा वैज्ञानिक रूपमा अध्ययन गर्न सकिन्छ । एक डेसिबल भनेको अत्यन्त सानो एकाइ हो, जसलाई हाम्रो कानले ठम्याउन सक्दैन । बीस डेसिबलको आवाज दश डेसिबलको भन्दा सय गुणा बढी शक्तिशाली हुन्छ । तीस डेसिबलको भन्दा हजार गुणा बढी शक्तिशाली हुन्छ ।

मान्छेको मुटुको धड्कन निस्कने आवाज करिब दश डेसिबलको हुन्छ । टाइपराइटरबाट निस्किने आवाज चालिस डेसिबल हुन्छ । अरू साधारणतया सुनिने आवाजको डेसिबलहरु यसप्रकार छन् । कुकुर भुकेको ६५ डेसिबल, पियानो बजाएको ७५ डेसिबल, सानो मोटर, ट्रक बस चलेको ८० डेसिबल ठूलो स्वरले चिच्चाएको आवाज ८५ डेसिबल । १३० डेसिबल भन्दा माथिका सबै आवाज हाम्रो कानका लागि पीडादायक या हानिकारक हुन्छ ।
 

(एजेन्सीको सहयोगमा)