४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

महिलाको दाह्री–जुँगा किन आउँदैन भन्ने जिज्ञासाको यस्तो छ कारण, थाहा पाउनुहोस्

महिलाको दाह्री–जुँगा किन आउँदैन भन्ने जिज्ञासाको यस्तो छ कारण, थाहा पाउनुहोस्
अ+ अ-

काठमाडौँ । हरेक घटनाको कारण हुन्छ । मानिसले कति कारण थाहा पाउँछन् । कति थाहा पाउँदैनन् । तर बेला बेलामा मानिसका दिमागमा विभिन्न प्रकारका प्रश्नहरु उब्जिन्छन् । ति प्रश्नहरुका उत्तर उसले पाउँछ भने कतिपय प्रश्नका उत्तर उसले नपाएको पनि हुन सक्छ । यस्तै केही प्रश्नहरुबारे चर्चा गरौं ।

महिलाको दाह्री–जुँगा किन आउँदैन ?
मानिसको उमेर बढ्दै गएपछि कपाल वृद्धि हुने प्रक्रियालाई लैङ्गिक ग्रन्थीले नियन्त्रण गर्न थाल्छ । यो ग्रन्थीलाई एडरेनल ग्लाण्ड भनिन्छ । एडरेनल ग्लाण्डले केटाहरुमा र केटीहरुमा भिन्नभिन्नै प्रकारको रस (हर्मोन) पैदा गर्दछ, जसलाई क्रमशः पुरुष हर्मोन (इन्ड्रोजीन) र महिला हर्मोन (ओईस्ट्रोजीन) भनिन्छ । एन्ड्रोजीनले दाह्री–जुँगा र शरीर रौँको विकास गर्न मदत गर्दछ तर तालुको रौँ वृद्धिमा भने प्रतिकुल असर पार्दछ । ओइस्ट्रोजीनले तालुको कपाल बढाउन मदत गर्छ तर दाह्री जुँगा र शरीरका रौँ भने बढ्न दिँदैन । यसैले स्त्रीजातिमा दाह्री–जुँगा आउँदैन तर पुरुषहरुमा आउँछ ।

सूर्यमुखी फूल किन सूर्यतिरै फर्किन्छ ?
सूर्यमुखी फूलमा अक्सिन भन्ने एक प्रकारको हर्मोन हुन्छ । यसले बिरुवाका कोषहरुलाई तन्किन वा लम्बिन मदत गर्दछ । अक्सिन सूर्यको प्रकाश परेको ठाउँबाट सरेर अझेल भएतिर आउँदछ । बिहान पूर्वबाट सूर्य उदाउँदा फूलको डाँठमा भएको अक्सिन घाम नभएपट्टि वा पश्चिमतिर जम्मा हुनजान्छ र त्यसतर्फका कोषहरु बढी लम्बिन थाल्छन् । त्यसैले फूल स्वतः पूर्वतिर ढल्कन जान्छ । सूर्य सर्दै जाँदा त्यही क्रमले अक्सिन पनि सर्दै जान्छ र सूर्यमुखी फूल सधैँ सूर्यतिर फर्किरहेको हुन्छ ।

सिस्नुले किन पोल्छ ?
सिस्नुका हाँगा र पातमा ससाना रौँ जस्ता काँडाहरु हुन्छन् । यी काँडाहरुको टुप्पो तिखो र फेद फक्रेको थैली जस्तै हुन्छ । यस्ता थैलीमा फर्मिक एसिड भन्ने एक प्रकारको अम्ल हुन्छ । हलुको ढङ्गले मात्र छोयो भने पनि काँडाको टुप्पो हाम्रो छालामा छिर्छ, काँडा भाँचिन्छ र हाम्रो छालामा टाँसिएर आउँछ । काँडामा भएको फर्मिक एसिड हाम्रो छालामा पस्दछ र हामीलाई पोलेको अनुभव हुन्छ ।

माकुरो फस्दैन, किन ?
माकुरोले आफ्नो जालो सधैँ गोलो आकारको बनाएरको हुन्छ र आफूलाई बस्ने ठाउँ जालोको माझमा बनाएरको हुन्छ । जालोको बिचमा कुनै प्रकारको टाँसिने पदार्थ हुँदैन तर वरिपरि भने गुंद च्यापच्याप लाग्ने पदार्थले छोपेको हुन्छ । फलस्वरूप किराहरु जालोमा फस्छन् तर माकुराका खुट्टाहरुमा एक प्रकारको तेल जस्तो पदार्थ पोतिएको हुन्छ जसले गर्दा तिनीहरु जालोमा फस्दैनन् ।

पाकेको फल गुलियो हुन्छ किन ?
काँचो फलमा एक प्रकारको रासायनिक पदार्थ (अम्ल) को मात्रा बढी हुन्छ । फल पाक्दै जाँदा विभिन्न किसिमले विस्तारै अम्ल पनि चिनीमा बदलिन थाल्छ । फल पाक्दै जाँदा चिनीको मात्रा पनि बढ्दै जान्छ । यसैले फलफूलहरू हरियो हुँदा वा काँचो बेलामा अमिलो र त्यही फल पाक्दा गुलियो हुन्छ ।

गर्मी हावामा ध्वनि स्पष्ट सुन्न सकिन्छ किन ?
चिसो हावामा आद्र्रता तातो हावामा भन्दा बढी हुन्छ, फलस्वरूप ध्वनीको गीत तातो हावामा भन्दा चिसो हावामा बढी हुन्छ । त्यसैले चिसो हावामा भन्दा गर्मी हावामा ध्वनि स्पष्ट सुन्न सकिन्छ ।

डेसिबल भन्नाले के बुझिन्छ ?
डेसिबल भनेको ध्वनीको ठूलोपनाको तीव्रता नाप्ने एकाइ हो । अहिलेको युगमा विभिन्न उपकरणहरुको सहायताले ध्वनीका बारेमा वैज्ञानिक रूपमा अध्ययन गर्न सकिन्छ । एक डेसिबल भनेको अत्यन्त सानो एकाइ हो, जसलाई हाम्रो कानले ठम्याउन सक्दैन । बीस डेसिबलको आवाज दश डेसिबलको भन्दा सय गुणा बढी शक्तिशाली हुन्छ । तीस डेसिबलको भन्दा हजार गुणा बढी शक्तिशाली हुन्छ ।

मान्छेको मुटुको धड्कन निस्कने आवाज करिब दश डेसिबलको हुन्छ । टाइपराइटरबाट निस्किने आवाज चालिस डेसिबल हुन्छ । अरू साधारणतया सुनिने आवाजको डेसिबलहरु यसप्रकार छन् । कुकुर भुकेको ६५ डेसिबल, पियानो बजाएको ७५ डेसिबल, सानो मोटर, ट्रक बस चलेको ८० डेसिबल ठूलो स्वरले चिच्चाएको आवाज ८५ डेसिबल । १३० डेसिबल भन्दा माथिका सबै आवाज हाम्रो कानका लागि पीडादायक या हानिकारक हुन्छ ।
 

(एजेन्सीको सहयोगमा)