• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   बजेट जनता र राष्ट्रको पक्षमा: प्रधानमन्त्री दाहाल ★   मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान ★   बीउ र बजारको अभावले घट्दैछ ओल खेती ★   प्रतितोला छ सयले घट्यो सुनको मूल्य ★   पारसले दिए सन्दीपलाई बधाई ★   आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग सरकारको वार्ता सुरु ★   फ्यानको माया देखेर रोइन् कियारा आडवाणी ★   उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै ★   काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ ★   दोस्रो पटक विश्वकप खेलेको टिमको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन: खेलकुद मन्त्री श्रेष्ठ

इस्तानबुलको अपार्टमेन्टमा आगलागी हुँदा ४ विदेशी बालबालिकाको मृत्यु २ घाइते



इस्तानबुल । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको अपार्टमेन्ट भवनमा मंगलबार बिहान भएको आगलागीमा चार विदेशी बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको गभर्नरको कार्यालयले जनाएको छ।

कार्यालयले विज्ञप्ति मार्फत् उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान २:५० बजे (सोमबार 2350GMT) शहरको युरोपेली भागमा रहेको इसेन्युर्ट जिल्लाको पाँच तले भवनको भुँइतला तल भएको जनाएको छ।

विदेशी परिचय भएका चार बालबालिकाले आगलागीमा ज्यान गुमाएका छन् ।  बच्चाकी आमा र अर्को बच्चालाई उद्धार गरी नजिकैको अस्पतालमा भर्ना गरिएको छ । यस विषयमा न्यायिक र प्रशासनिक अनुसन्धान थालिएको छ । (रासस/ सिन्ह्वा)