७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङ्‌कङका प्रहरद्वारा प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार



अ+ अ-

काठमाडौं । हङ्‌कङका प्रहरीले नवौँ हप्तायता प्रदर्शन गर्दै आएका प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेका छन्। विरोध प्रदर्शन शुरू गर्नुअघि प्रदर्शनकारीहरूले मोङ कक जिल्लामा र्‍याली निकालेका थिए।

उनीहरूले शहरभरि गरिने सोमवारको निर्धारित हडतालमा सहभागी हुन आह्वान समेत गरेका छन्। यता बेइजिङ र चिनियाँ सेनाले हङ्‌कङमा जारी तनावलाई लिएर कडा चेतावनी दिएका छन्।

विवादास्पद विधेयकले बलात्कार र हत्याजस्ता अपराधका सन्दिग्धलाई मुख्यभूमि चीन, ताइवान र मकाउसामु सुपुर्दगी गर्न सकिने प्रस्ताव गरेको थियो।

तर उक्त विवादास्पद विधेयकलाई लिएर सरकार र प्रदर्शनकारी दुवै पक्षले आ–आफ्नो अडान कडा पार्दै आएका थिए । सरकारले विधेयक तत्कालका लागि स्थगित गरे पनि प्रदर्शनकारीले पूर्ण रूपमा खारेज हुनुपर्ने माग गरेका छन्।

तर प्रदर्शनकारीहरू सुपुर्दगी विधेयकले हङ्‌कङलाई योजनाबद्ध ढङ्गबाट चीनको पूर्ण नियन्त्रणमा ल्याउन खोजेको भनेर भय प्रकट गर्छन्।