२० भाद्र २०८३, शनिबार
,
Latest
युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँको बन्दीपुरमा बस दुर्घटना, १९ जना घाइते



अ+ अ-

चितवन । तनहुँको बन्दीपुर गाउँपालिका–५, ढाँपमा बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।

आइतबार बिहान चितवनको नारायणगढबाट बागलुङ जाँदै गरेको बा ४ ख ५९८८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवार १९ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय, डुम्रेले जानकारी दिएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । १ जनालाई थप उपचारका लागि पोखरा पठाइएको कार्यालयका प्रहरी सहायक निरीक्षक दिनेश पौडेलले जानकारी दिए । अन्य १८ जना घाइतेको लक्ष्मी अस्पताल डुम्रेमा नै उपचार भइरहेको छ ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।