४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी



अ+ अ-

काठमाडौं । मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो ।

आव २०७४/७५ मा मानव बेचविखन तथा ओसारपसारमा ३०८ मुद्दा दर्ता भए पनि २०७५/७६ मा भने २२८ मुद्दा दर्ता भएका छन् । आव २०७३/७४ मा २२७ मुद्दा दर्ता भएका थिए ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियतासँगै मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको बताए । “नेपाल प्रहरीको बढ्दो सक्रियता र जनचेतनामूलक कार्यक्रम सञ्चालनसँगै मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो”, उनले भने ।

नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपसारलाई नियन्त्रण गर्न मानव बेचविखन नियन्त्रण ब्यूरोको स्थापना गरेको छ । महिला तथा बालबालिका बेचविखन बढेसँगै सरकारले आव २०७५/७६ को बजेटमा मानव बेचविखन नियन्त्रण ब्यूरो स्थापनाका लागि रकम विनियोजन गरेपछि ब्यूरो स्थापना भएर काम गर्दै आएको उनको भनाई छ ।