७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूस तथा चीनलाई समेटेर नयाँ परमाणु सन्धि गर्नुपर्ने आवश्यकता: राष्ट्रपति ट्रम्प



अ+ अ-

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशसहित रूस तथा चीनलाई समेटेर नयाँ परमाणु सन्धि गर्नुपर्ने आवश्यकता भएको बताएका छन् । अमेरिका र रूसबीचको एक मुख्य सन्धिबाट अलग भएको घोषणाको भोलिपल्ट ट्रम्पको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो ।

रूसमा निर्मित त्रुज क्षेप्यास्त्रले आईएनएफ सन्धि उल्लंघन गरेको अमेरिकी ठहर छ । यद्यपि, उक्त आरोप रूसले खण्डन गरेको छ ।
शुक्रबारका अमेरिकी निर्णबारे प्रतिक्रिया जनाउँदै रूसले ‘सन्धिबाट अलग भएको घोषणा गर्नु अमेरिकाको ठूलो गल्ती’ भएको बताएको छ ।
रूसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ‘अमेरिकाले एमके–४१ लन्चरहरू युरोपेली भूमिमा राखेर आईएनएफ सन्धिको उल्लंघन गरेको’ दाबी गरेको छ । मन्त्रालयले उक्त कदम नसच्चाए ‘विश्व समुदायमा बढ्ने तनावका लागि अमेरिकी जिम्मेवार हुने’ चेतावनीसमेत दिएको छ ।

अमेरिकाले ‘एएससी–८’ का नामले समेत चिनिने (एम७२९) क्षेप्यास्त्र परिचानल गरेर रूसले आईएनएफ सन्धि उल्लंघन गरेको दाबी गरेको हो । अमेरिकी दाबीलाई नेटो राष्ट्रहरूले समर्थन जनाएका छन् ।

नेटो महासचिव जेन्स स्टोलटेनबर्गले ‘नेटोले हतियारको नयाँ दौड नचाहेको’ बताएका छन् । उनले नेटो आवद्ध देशहरूले युरोपमा क्षेप्यास्त्र परिचालन गर्ने कुनै पनि योजना नरहेको प्रस्ट पारेका छन् ।

‘सन् १९८७ मा भएको आईएनएफ सन्धिले छोटो तथा मध्यम दूरीका परमाणु हतियार निर्माण रोक्ने व्यवस्था गरिएको थियो । सन्धिमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र तत्कालीन सोभियत संघका नेता मिखाइल गोर्भाचोभले हस्ताक्षर गरेका थिए ।