७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व युवराज्ञी शाहले पत्रकार सम्मेलन गर्दैं



अ+ अ-

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहले पत्रकार सम्मेलन गर्न लागेकी छिन् ।

हिमानी ट्रष्टले पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्न लागेको पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले जनाएको छ ।

पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले ट्रष्टको कार्यालय बालुवाटारमा आज अपरान्ह १ बजे पूर्व युवराज्ञी हिमानी शाह उपस्थित भएर पत्रकार सम्मेलन गर्न लागेको बताए ।

हिमानी ट्रस्टकी अध्यक्ष हुन् भने पूर्व राजा ज्ञनेन्द्र शाह ट्रस्टका संरक्षक रहेका छन् ।पछिल्लो समय हिमानी शाह ट्रष्ट मार्फत सामाजिक सेवामा सक्रिय रहँदै आएकी छिन् । बाढी, पहिरोका बेलामा राहतमा ट्रस्ट सक्रिय रहने गरेको छ ।