७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली व्यवसायीलाई धम्क्याई पैसा अशुल गर्ने गिरी पक्राउ



अ+ अ-

काठमाडौं । भारतको विभिन्न शहरमा बसेर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा ललितपुरका ३० वर्षीय उदय गिरी पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसपी केदार ढकालका अनुसार गिरीले विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरको प्रयोग गरेर व्यवसायीलाई धम्क्याएका थिए ।

‘उनले ७५ लाख रुपैयाँ माग गरेका थिए’, ढकालले भने, ‘गिरी यसअघि पनि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।’

उनलाई धापाखेलबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको ढकालले बताए ।