२० भाद्र २०८३, शनिबार
,
Latest
सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेष्ट इण्डिजविरुद्धको ट्वान्टी–२० क्रिकेटमा भारतको अग्रता



अ+ अ-

काठमाडौं । वेष्ट इण्डिजविरुद्धको ट्वान्टी–२० क्रिकेट श्रृङ्खलामा भारतले अग्रता बनाएको छ ।

अमेरिकाको फ्लोरिडामा भएको पहिलो खेलमा भारतले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको हो ।

वेष्ट इण्डिजले दिएको ९६ रनको लक्ष्य भारतले ६ विकेटको क्षतिमा १७.२ ओभरमा पूरा गर्‍यो ।चोटबाट पुनरागमन गरेका शिखर धवन दोस्रो ओभरमै १ रनको स्कोरमा आउट भएका थिए ।

रोहित शर्माले २५ बलमा २ चौका र २ छक्काको सहयोगमा २४ रन बनाएर आउट भए । कप्तान विराट कोहली र मनिष पाण्डेले समान १९ रनको योगदान गरे ।

त्यस्तै, क्रुणाल पान्ड्याले १२ रन जोडे । रविन्द्र जडेजा १० र वासिंङ्टन सुन्दर ८ रनमा अविजित रहे । बलिङतर्फ वेष्ट इन्डिजका सेन्डोन कोट्रेल, किमो पल र सुनील नारिनले दुई–दुई विकेट लिए ।

फ्लोरिडामा रहेको सेन्ट्रल ब्रोवार्ड रिजनल क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९५ रनको झिनो योगफल खडा गरेको थियो ।

वेष्ट इण्डिजका लागि पुरनले २० र पोलार्डले ४९ रनको योगदान गरे । अन्य सबै ब्याट्सम्यान असफल सावित भए ।

भारतीय टोलीबाट डेब्यू खेलेका नवदीप सैनीले ३ विकेट लिए ।भुवनेश्वर कुमारले पनि २ विकेट झारे । श्रृङ्खला अन्तर्गत भारतले वेष्टइन्डिजसँग ३ ट्वान्टी खेल खेल्नेछ । दोस्रो खेल आज हुनेछ ।