२० भाद्र २०८३, शनिबार
,
Latest
उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व स्तरीय खेलाडी बन्न डिबाला युनाइटेडमा जानुपर्छः रोनाल्डो



अ+ अ-

काठमाडौं । युभेन्टसले फरवार्ड रोमेलु लुकाकुलाई अनुबन्धन गर्ने भएको छ । यसका लागि उसले फरवार्ड पाउलो डिबाला म्यानचेस्टर युनाइटेडमा पठाउने प्रस्ताव अगाडि सारेको छ ।

प्रशिक्षक माउरिजियो सार्रीले लुकाकु आफ्नो योजनामा रहेको खेलाडी भएकाले उनलाई कुनैपनि हालतमा अनुबन्ध गर्न क्लबलाई भनेका छन् । डिबाला भने अहिले नै क्लब छाड्ने पक्षमा छैनन् ।

यता क्रिस्टियानो रोनाल्डोले डिबालालाई युनाइटेडमा आफुले पनि राम्रो समय बिताएको र युनाइटेडले उनलाई विश्व स्तरीय खेलाडी बन्न सहयोग पुर्याउने बताएका छन् ।

इंग्लिस फुटबलको प्रख्यात संचार मध्यम डेली मेलका अनुसार रोनाल्डोले युभेन्टसको व्हाट्सयाप ग्रुपमा लेख्दै डिबालालाई युनाइटेड रोज्ने सल्लाह दिएका हुन् ।

रोनाल्डोले पनि आफ्नो करिअरको उडान म्यानचेस्टर युनाइटेडबाट नै सुरु गरेका थिए । पोर्चुगलको सपोर्टिङ लिस्बनबाट युनाइटेड पुगेका उनले ब्यालोन डी’ओर समेत जितेका थिए । त्यसपछि रियल म्याड्रिड पुगेका उनले आफूलाई विश्वकै अब्बल खेलाडीमा स्थापित गरेका थिए ।