९ आश्विन २०८१, बुधबार
,
Latest
साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो चितवनमा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढे क्यान र मेटलाइफ नेपालबीच सम्झौता न्यायपरिषद्लाई नेपाल बारको चेतावनी: यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौैं कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु एएफसी यू–२० छनोटमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार अध्यागमन कार्यालयको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व स्तरीय खेलाडी बन्न डिबाला युनाइटेडमा जानुपर्छः रोनाल्डो



अ+ अ-

काठमाडौं । युभेन्टसले फरवार्ड रोमेलु लुकाकुलाई अनुबन्धन गर्ने भएको छ । यसका लागि उसले फरवार्ड पाउलो डिबाला म्यानचेस्टर युनाइटेडमा पठाउने प्रस्ताव अगाडि सारेको छ ।

प्रशिक्षक माउरिजियो सार्रीले लुकाकु आफ्नो योजनामा रहेको खेलाडी भएकाले उनलाई कुनैपनि हालतमा अनुबन्ध गर्न क्लबलाई भनेका छन् । डिबाला भने अहिले नै क्लब छाड्ने पक्षमा छैनन् ।

यता क्रिस्टियानो रोनाल्डोले डिबालालाई युनाइटेडमा आफुले पनि राम्रो समय बिताएको र युनाइटेडले उनलाई विश्व स्तरीय खेलाडी बन्न सहयोग पुर्याउने बताएका छन् ।

इंग्लिस फुटबलको प्रख्यात संचार मध्यम डेली मेलका अनुसार रोनाल्डोले युभेन्टसको व्हाट्सयाप ग्रुपमा लेख्दै डिबालालाई युनाइटेड रोज्ने सल्लाह दिएका हुन् ।

रोनाल्डोले पनि आफ्नो करिअरको उडान म्यानचेस्टर युनाइटेडबाट नै सुरु गरेका थिए । पोर्चुगलको सपोर्टिङ लिस्बनबाट युनाइटेड पुगेका उनले ब्यालोन डी’ओर समेत जितेका थिए । त्यसपछि रियल म्याड्रिड पुगेका उनले आफूलाई विश्वकै अब्बल खेलाडीमा स्थापित गरेका थिए ।