७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

वि.पि. कोइराला स्वास्थ्य प्रतिष्ठान धरानका प्रा.डा. रौनियारसहित २ जना विरुद्द मुद्धा दायर



अ+ अ-

काठमाडौं । वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा.डा.राज कुमार रौनियारसहित २ जना विरुद्द मुद्धा दायर गरिएको छ ।

आयोगका प्रतिष्ठान धरानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिने श्याम सुन्दर निर्माण सेवा प्रा.लि.को सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सुशिल कुमार झासँग पटक पटक कमिसन लिएको उजुरी आयोगमा दर्ता भएको थियो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा घुस रिसवत लिएको भनी अडियो भिडियो सहितको दर्ता भएको थियो ।

उनले आयोगमा अनुसन्धान भइरहेको अवस्थामा उनले भुक्तानी दिनुपर्ने रकमबाट थप ८,००,००० कमिसन बापत घुस रिसवत माग गरेको भन्ने समेतको अर्को उजुरीका आधारमा आयोगबाट खटिई गएको टोलीले रौनियारलाई घुससहित पक्राउ गरेको थियो ।

उनलाई सोही प्रतिष्ठानमा हाउस अफिसरको रुपमा कार्यरत आफ्नै भतिज डा. रामहरी रौनियारलाई आफ्नो निवासमा राख्न पठाइसकेपछिको अवस्थामा निजकै कार्यकक्षमा फेला पारि नियन्त्रणमा लिइएको थियो ।