९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैसा कमाउनकै लागि पर्यटकलाई फेक रेक्स्यु गर्ने विकृति तत्कालै हटाउनुपर्छ



अ+ अ-

काठमाण्डौ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग छलफल गरेको छ ।

विभिन्न विमानस्थलको अवस्था र नेपाल भ्रमण वर्ष २०२० को बारेमा समितिले मन्त्री भट्टराईसँग छलफल गरेको हो । छलफलमा सांसदहरुले नेपाल भ्रमण वर्ष २०२० सुरु हुन पाँच महिना मात्रै बाँकी रहेकाले प्रभावकारी ढंगले काम गर्न सुझाव दिएका छन् ।

बैठकमा नेकपाका नेता तथा सांसद माधवकुमार नेपालले नेपालको ऐतिहासिक र सांस्कृतिक महत्वलाई केन्द्रमा राखेर नेपाल भ्रमण वर्षको प्रचारप्रसार तथा कार्यक्रम बनाउनुपर्ने बताए । उ

यस्तै नेता नेपालले पैसा कमाउनकै लागि पर्यटकलाई फेक रेक्स्यु गर्ने विकृति पनि तत्कालै हटाउनुपर्ने बताए ।