९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको ओहायो राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गयो



अ+ अ-

काठमाडौं । अमेरिकाको ओहायो राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गएको छ ।

बन्दुकधारीले डेयटन शहरको एक बार अगाडी गोली चलाउँदा अरु १६ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

आइतबार बिहान सवा तीन बजे बन्दुकधारीले जथाभावी गोली चलाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।प्रहरी अधिकारीले गोलीकाण्डमा बन्दुकधारीको समेत ज्यान गएको जनाएका छन् । अहिले प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएको र त्यस वरपरका मानिसहरुलाई सतर्क रहन आह्वान गरेको छ ।

आक्रमणको उद्देश्यबारे अनुसन्धान भइरहेको बताइएको छ । बन्दुकधारीको पहिचानबारे कुनै विवरण सार्वजनिक भइसकेको छैन ।

ओहायो राज्यको डेयटनमा गोली चल्नु केही घण्टाअघि मात्र टेक्सस राज्यको एल पासो शहरमा बन्दुकधारीले गोली चलाउँदा २० जना मारिएका थिए । एल पासो शहरमा रहेको वालमार्ट स्टोरमा भएको आक्रमणमा संलग्नलाई भने प्रहरीले नियन्त्रणमा लिएको थियो ।