९ आश्विन २०८१, बुधबार
,
Latest
साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो चितवनमा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढे क्यान र मेटलाइफ नेपालबीच सम्झौता न्यायपरिषद्लाई नेपाल बारको चेतावनी: यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौैं कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु एएफसी यू–२० छनोटमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार अध्यागमन कार्यालयको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायीहरु करको दोहोरो मारमा परे: अध्यक्ष श्रेष्ठ



अ+ अ-

काठमाडौं । उद्योगी, व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

आइतबारबाट ललितपुरमा सूरु भएको व्यवस्थापन गोष्ठीमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्थानीय तहमा समेत व्यवसायीहरु करको दोहोरो मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले करको दायरा बढाउने अभियानमा भने सरकारलाई साथ दिने प्रतिवद्धता जनाए ।उनले व्यवसायीलाई हतोत्साही हुने गरी करको व्यवस्था सरकारले गर्न नहुने पनि स्पष्ट पारे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले सरकारले चालू आर्थिक वर्षबाट कर वृद्धि गरेर व्यवसायीहरुलाई मारमा पारेको भन्दै तत्काल हटाउन माग गरे । उनले करको दायरा बढाउने कार्यमा भने महासंघले सरकारलाई सक्दो सहयोग गर्ने पनि बताए ।