९ आश्विन २०८१, बुधबार
,
Latest
साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो चितवनमा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढे क्यान र मेटलाइफ नेपालबीच सम्झौता न्यायपरिषद्लाई नेपाल बारको चेतावनी: यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौैं कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु एएफसी यू–२० छनोटमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार अध्यागमन कार्यालयको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता र प्रतिपक्ष आफ्नो अडानबाट पछि नहट्दा संसद बैठक अनिश्चित



अ+ अ-

काठमाडौं । अवरुद्ध संसद खुलाउने विषयमा सत्ता र प्रतिपक्ष आफ्नो अडानबाट पछि नहटेपछि विहीबारका लागि बोलाइएको संसद बैठक पनि अनिश्चित बनेको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेस र राजपाले सर्लाहीमा भएका दुई घटना (कुमार पौडेल हत्या र सरोजनारायण सिंहको ) बारे संसदीय छानविन समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडान राख्दै गत असार २४ गतेदेखि बैठक अवरुद्ध गर्दै आएका छन् ।

अवरुद्ध संसद बैठक खुलाउन सभामुख कृष्णबहादुर महराले गत साउन १६ गते बिहीबार बोलाएको सर्वदलीय बैठकमा समेत सहमति नजुटेपछि सूचना टाँसेर साउन २० गते सोमबारसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

त्यसपछि प्रतिपक्षलाई मनाउन सक्रिय बनेका सभामुख महराले शनिबार र आइतबार छुट्टाछुट्टै छलफल गरेका छन् । शनिबार टेलिफोनबाट प्रमुख प्रतिपक्ष दलका नेताहरुसँग कुरा गरेका महराले आईतबार आफ्नै कार्यकक्ष सिंहदरवारमा उनीहरुलाई भेटेर अवरुद्ध संसद खुलाउन छलफल गरेका हुन् ।

सभामुख महरासँगको भेटपछि राजपाका नेता कर्णले संसदको अवरोध हटाउने विषयमा सहमति जुट्न नसकेको प्रतिकृया दिए । ‘सभामुखसँग भेटघाट र कुराकानी भयो । तर कुरो मिलेन । उहाँहरु समिति गठनको विपक्षमा हुनुहुन्छ । हामी समिति गठन नगरेसम्म सदन चल्न दिने पक्षमा छैनौ’ राजपा नेता कर्णले भने, ‘दुवैका अडानमा कुनै परिवर्तन आएन । पुन छलफलका लागि पनि समय निर्धारण भएको छैन ।’

यसैबीच सत्तापक्षका नेता देव गुरुङले प्रतिपक्षसँग सहमतिको प्रयास जारी रहेको बताए । उनले छलफल जारी नै रहेकाले भोलिसम्म सहमतिमा पुग्न सकिने सम्भावना जिवितै रहेको बताए ।

नेत्रविक्रम चन्द विप्लव समूहका नेता पौडेलको असार ५ गते प्रहरीको गोली लागि मृत्यु भएको थियो भने सिंहको क्रसर उद्योगले खनेको खाल्डोमा डुवेर बालकको ज्यान गएको विरोधमा भएको प्रदर्शनका क्रममा भएको झडपमा ज्यान गएको थियो । तर, सत्तापक्ष सर्लाही घटना स्थानीयस्तरमा मिलिसकेकाले संसदीय छानवन समिति आवाश्यक नभएको भन्दै समिति गठनको विपक्षमा उभिदै आएको छ ।