४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता र प्रतिपक्ष आफ्नो अडानबाट पछि नहट्दा संसद बैठक अनिश्चित



अ+ अ-

काठमाडौं । अवरुद्ध संसद खुलाउने विषयमा सत्ता र प्रतिपक्ष आफ्नो अडानबाट पछि नहटेपछि विहीबारका लागि बोलाइएको संसद बैठक पनि अनिश्चित बनेको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेस र राजपाले सर्लाहीमा भएका दुई घटना (कुमार पौडेल हत्या र सरोजनारायण सिंहको ) बारे संसदीय छानविन समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडान राख्दै गत असार २४ गतेदेखि बैठक अवरुद्ध गर्दै आएका छन् ।

अवरुद्ध संसद बैठक खुलाउन सभामुख कृष्णबहादुर महराले गत साउन १६ गते बिहीबार बोलाएको सर्वदलीय बैठकमा समेत सहमति नजुटेपछि सूचना टाँसेर साउन २० गते सोमबारसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

त्यसपछि प्रतिपक्षलाई मनाउन सक्रिय बनेका सभामुख महराले शनिबार र आइतबार छुट्टाछुट्टै छलफल गरेका छन् । शनिबार टेलिफोनबाट प्रमुख प्रतिपक्ष दलका नेताहरुसँग कुरा गरेका महराले आईतबार आफ्नै कार्यकक्ष सिंहदरवारमा उनीहरुलाई भेटेर अवरुद्ध संसद खुलाउन छलफल गरेका हुन् ।

सभामुख महरासँगको भेटपछि राजपाका नेता कर्णले संसदको अवरोध हटाउने विषयमा सहमति जुट्न नसकेको प्रतिकृया दिए । ‘सभामुखसँग भेटघाट र कुराकानी भयो । तर कुरो मिलेन । उहाँहरु समिति गठनको विपक्षमा हुनुहुन्छ । हामी समिति गठन नगरेसम्म सदन चल्न दिने पक्षमा छैनौ’ राजपा नेता कर्णले भने, ‘दुवैका अडानमा कुनै परिवर्तन आएन । पुन छलफलका लागि पनि समय निर्धारण भएको छैन ।’

यसैबीच सत्तापक्षका नेता देव गुरुङले प्रतिपक्षसँग सहमतिको प्रयास जारी रहेको बताए । उनले छलफल जारी नै रहेकाले भोलिसम्म सहमतिमा पुग्न सकिने सम्भावना जिवितै रहेको बताए ।

नेत्रविक्रम चन्द विप्लव समूहका नेता पौडेलको असार ५ गते प्रहरीको गोली लागि मृत्यु भएको थियो भने सिंहको क्रसर उद्योगले खनेको खाल्डोमा डुवेर बालकको ज्यान गएको विरोधमा भएको प्रदर्शनका क्रममा भएको झडपमा ज्यान गएको थियो । तर, सत्तापक्ष सर्लाही घटना स्थानीयस्तरमा मिलिसकेकाले संसदीय छानवन समिति आवाश्यक नभएको भन्दै समिति गठनको विपक्षमा उभिदै आएको छ ।