९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीको गोली लागेर घाइते भएका भण्डारीलाई मासिक २५ हजार दिइने



अ+ अ-

काठमाडौं । सरकारले कञ्चनपुरमा प्रहरीको गोलीबाट घाइते भएका अर्जुन भण्डारीलाई मासिक २५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय आइतबार सुनाउँदै भण्डारीलाई राहत दिने निर्णय भएको जानकारी दिए।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको गत वर्ष साउनमा बलात्कारपछि हत्या भएकोमा दोषीलाई पक्राउ गरी कारबाहीको माग राख्दै भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर भण्डारी घाइते भएका थिए।

भण्डारीको अझै पनि त्रिवि शिक्षण अस्पतालमा उपचार भइराखेको छ।