२० भाद्र २०८३, शनिबार
,
Latest
उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मटिहानीमा झुलनोत्सव पर्व



अ+ अ-

गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७स्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाउँँदै आइएको पौराणिक झुलनोत्सव पर्व आजदेखि शुरु भएको छ । आउँदो पूर्णिमा दिनसम्म मनाइने सो पर्वका अवसरमा मटिहानीस्थित लक्ष्मीनारायण मठबाट प्रत्येक दिन कलात्मक पालकीमा बाजागाजाका साथ भगवान् रामसीताको मूर्ति राखी भजन किर्तन गर्दै झुलाघरमा लगिने गरिन्छ ।

उक्त मठका साथै जनकपुरधाम, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र र बिहारका विभिन्न मठमन्दिरमा झुला पर्व धुमधामका साथ मनाउने गरिन्छ । झुला घरमा रामसिताको मूर्ति राखी धार्मिक गीत र भजन किर्तनका साथ राति अबेरसम्म झुला झुलाउने गरिएको उक्त मठका महन्थ जगन्ननाथ दास वैष्ण्वले बताए ।

भगवान् रामसीता साउन महीनामा यसैगरी झुलामा झुलेको सम्झना गर्दै झुलनोत्सवका साथै मटिहानीमा मेलासमेत आयोजना गरिएको छ । मेला भर्न र भगवान् रामसीताको भुलनोत्सवमा सहभागी हुन नेपाल भारतका श्रद्धालुहरुको भिड लाग्ने गर्छ । सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसिता र लक्ष्मीनारायणलगायत मूर्तिलाई बाजागाजाका साथ झुलाउने गरिन्छ ।

मिथिला क्षेत्रमा रोपाइँ सकिने वित्तिकै आयोना गरिने यो पर्वमा प्रत्येक मठमन्दिरमा कजरी र मलारजस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा सहभागीहरू भजन किर्तन, नाच गान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने गर्दछन् । झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । जोगी सन्यासीहरुले पनि आफ्ना आराध्यदेवलाई खेलाइ झुलाउने परम्परा छ । वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ ।