४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहको पुस्तक बिक्रीको रकम सामाजिक कार्यमा



अ+ अ-

काठमाडौं । हिमानी कोषले पूर्वराजा ज्ञानेन्द्र शाहका सन्देशहरु भएको संग्रह सार्वजनिक गरेको छ । आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उक्त पुस्तक विमोचन गरेको हो ।

पूर्वराजा शाहको पुस्तक बिक्रीबाट उपलब्ध भएको रकम ‘दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने र उक्त रकम सामाजिक कार्यमा खर्च गरिने पनि ट्रष्टकी अध्यक्ष हिमानी शाहले बताए । पूर्वराजा ज्ञानेन्द्रले कोषका लागि ५०० प्रति संग्रह प्रदान गरिएको कोषले जनाएको छ ।

विगत १८ वर्षदेखि विभिन्न मिति र अवसरमा पूर्वराजा शाहले दिएको सन्देश संग्रह बिकरी गरेर सामाजिक कामका लागि रकम संकलन गर्ने ट्रस्टले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

हिमानी ट्रस्टकी अध्यक्ष हुन् भने पूर्व राजा शाह ट्रस्टका संरक्षक रहेका छन् ।पछिल्लो समय हिमानी शाह ट्रष्ट मार्फत सामाजिक सेवामा सक्रिय रहँदै आएकी छिन् । बाढी, पहिरोका बेलामा राहतमा ट्रस्ट सक्रिय रहने गरेको छ ।