९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ महिनामा २३ अर्ब घनमिटर ग्यास आपूर्ति



अ+ अ-

उरुम्क्वी । चाइना–सेन्ट्रल एसिया ग्यास पाइपलाइनबाट सन् २०१९ को प्रथम छ महिनामा २३ अर्ब घनमिटर प्राकृतिक ग्यास चीनतर्फ ढुवानी भएको पेट्रो चाइना कम्पनीले जनाएको छ । यो पाइपलाइन तुर्कमेनिस्तान र उज्वेकिस्तानबीचको सीमा हुँदै चीन प्रवेश गर्दछ ।

मध्य एसियाली मुलुकसँगको इन्धन आदानप्रदान गर्न यो पाइपलाइन नौ वर्ष अघि निर्माण गरिएको थियो । गत जुन ३० तारिखसम्म यस पाइपलाइनबाट कूल २७७ अर्ब घनमिटर प्राकृतिक ग्यास चीनतर्फ ढुवानी भएको पेट्रो चाइना कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस ग्यास आपूर्तिबाट चीनका २७ वटा प्रान्तका ५० करोडभन्दा बढी मानिसलाई लाभ पुगेको छ ।