९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिमा बोल्दाबोल्दै नेपाल र मन्त्री भट्टराई यसरी रोए



अ+ अ-

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई मन्त्री भएपछि पहिलो पटक प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित भए ।

समितिमा सांसदहरुले बधाइ दिइसकेपछि बोल्ने क्रममा उनी भावुक बने । उनको गला अवरुद्ध भयो ।सिंहदरवारस्थित संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले नवनियुक्त योगेश भट्टराई स्वागत कार्यक्रम राखेको थियो । कार्यक्रममा सहभागि हुन नेता नेपालसहित समितिका प्राय सबै सदस्यहरु उपस्थित भएका थिए । बैठकमा नेता नेपालले नवनियुक्त मन्त्री भट्टराई मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निभाउन सुझाव दिएका थिए ।

त्यसपछि उनले २०४३ सालको घट्ना स्मरण गर्दै आफु मृत्युको मुखमा पुगेको बेला नेता नेपालको एक स्पर्शले आफुलाई बाच्ने शक्ति प्रदान गरेको स्मरण गरे । त्यसपछि बैठकको माहोल फेरियो ।

२०४३ सालमा आफू गम्भीर विरामी भएर ६० दिन त्रिवि शिक्षण अस्पतालमा बसेको स्मरण गर्दा भट्टराई भावुक बनेका थिए । त्यसबेला डाक्टरले नै माया मारिसकेको तर, आफू निको फर्कन सफल भएको उनले बताए । अस्पतालमा रहँदा पुर्वप्रधानमन्त्री नेपाल आएर सुम्सुम्याएको बताउँदा उनको गला अवरुद्ध भयो ।

भट्टराईले भने– ‘खाने बस्ने ठेगान थिएन, एक्कासी विरामी भएछु । बिरामी भएपछि टिचिङ अस्पतालमा भर्ना भएँ । ६० दिन अस्पताल बसे । डाक्टरले म बाँच्ने आस मारिसकेका थिए ।’

त्यही बेला उहाँ (नेपाल) मलाई भेट्न अस्पताल आउनुभयो र उहाँको एक स्पर्शले नै मलाई बाच्ने शक्ति प्राप्त भयो’ भावुक हुँदै योगेशले सुनाए । योगेशले भावुक हुँदै विगत सुनाएपछि माधव नेपालका आँखा रसाए । सबैले नेता नेपालको अनुहार हेरे । नेता नेपालका आँखा रसाएपछि मन्त्री भट्टराइको पनि गला अबरुद्ध हुन पुग्यो ।

त्यसअघि बोलेका पूर्व प्रधानमन्त्री नेपालले भट्टराईलाई पर्यटन मन्त्रालयले गर्नुपने कामबारे सुझाव दिएका थिए ।पूर्वप्रधानमन्त्रीका सुझाव आफ्ना लागि मार्गदर्शन हुने भट्टराईले उल्लेख गरे ।