२० भाद्र २०८३, शनिबार
,
Latest
सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्डलाई थापाको चेतावनी : ‘सिसाको घरमा बसेर ढुंगा नहान’



अ+ अ-

काठमाडौं । दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमला थापाले काउन्टर दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले रामेछाप पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट निकाल्ने चेतावनी दिएलगत्तै राप्रपा अध्यक्ष थापाले सिसाको घरमा बसेर ढुंगा नहान्न चेतावनी दिएका हुन् ।

सुनकोसी नदीमा बनेको पक्की पुल उद्घाटन गर्न आइतबार रामेछाप पुगेका प्रचण्डले ज्ञानेन्द्रले बकबक गरेको भन्दै नारायणहिटीबाट जस्तै गरी नागार्जुनबाट पनि निकाल्ने चेतावनी दिएका थिए । प्रचण्डले शाहलाई चेतावनी दिएको ५ घण्टा नबित्दै राप्रपा अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्वीट मार्फत प्रचण्डलाई ‘सीसाको घरमा बसेर जनयुद्धकालीन भाषा नबोल्न’ चेतावनी दिएका हुन् ।

उनले पदिय मर्यादा विपरित हाँस्यास्पद अभिव्यक्ति नदिन र असुरक्षित मनस्थितिको आक्रोश नपोख्न समेत प्रचण्डलाई आग्रह गरेका छन् । ‘पदिय मर्यादा विपरित हाँस्यास्पद अभिव्यक्ति, असुरक्षित मनस्थितिको आक्रोश, राम्रो काम गरेर जनताको मन जित्नोस, कसै प्रति आक्रोश देखाउनै पर्दैन । सिसाको घरमा बसेर ढुंगा हान्ने काम प्रत्युपादक हुन सक्छ । समय मै बिचार गरौं । जनयुद्धकालिन शब्द र भाषा पनि अब सुहाउदैन,’ थापाले ट्वीटगर्दै भनेका छन् ।

शनिबार मात्रै एक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले सरकार होइन, व्यवस्था नै फेर्नुपर्ने बताएका थिए । थापाको नाम नलिइ नेकपा प्रचण्डले आइतबार जिन्दगीभर तानाशाहहरुको चाकरी गर्नेहरुले अहिले सरकार र व्यवस्थाकै विरोधमा प्रचार गरिरहेको टिप्पणी समेत गरेका थिए ।