७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाँका मुद्दामा फरार युवक पक्राउ



अ+ अ-

सिरहा । डाँका मुद्दामा फरार एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको टोलीले आइतबार साँझ डाँका मुद्दामा फरार रहेको सिरहा विष्णुपुर गाउँपालिका–३ राजपुर निवासी २० वर्षीय रुपेशकुमार यादवलाई पक्राउ गरेको हो ।

डाँका मुद्दामा पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यसअघि गत शनिवार पनि डाँका मुद्दामा गत २०७६ वैशाख महीनादेखि फरार सिरहा नगरपालिका १९ सन्हैठा निवासी ३० वर्षीय मनोजकुमार यादवलाई पक्राउ गरिएको थियो । आफ्नै घर वरिपरि लुकिछिपी बसिरहेको सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।