४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालिका बलात्कार गरी फरार अभियुक्त प्रहरीको खोरमा



अ+ अ-

नवलपरासी । ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरी फरार रहेका थप एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी प्रहरीले गुल्मीबाट ती अभियुक्तलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मी जिल्लाको जहाङ्ग खैरेनी गाउँपालिका–६ घर भई हाल सुनवल–४ नवलपरासी बस्ने ५५ वर्षीय शिव श्रेष्ठ पक्राउ परेका हुन् । उनलाई पश्चिम नवलपरासी प्रहरीले गुल्मीस्थित आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई जबर्जस्ती करणीअन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।

यसअघि सोही घटनामा संलग्न सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री पक्राउ परेका थिए । बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएका थिए ।