• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   चितवनबाट रेशमखेती विस्थापित हुँदै ★   सारासँग ब्रेकअपपछि सिंगल छन् कार्तिक आर्यन ★   ‘पुजार सार्की’ हेर्दा बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई व्यङ्ग्य ★   पुराना दलले नयाँ दललाई गरेको व्यवहारलक्षित रास्वपा नेताको असन्तुष्टि ★   पुँजी बजारमा करिब साढे ६ अर्बको कारोबार ★   बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती ★   खेल हेर्नलाई ट्रयाक्टर बेचेका पाकिस्तानी फ्यान भारतको जितपछि खुसी भए ★   सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैनः राष्ट्रपति पौडेल ★   मम–चाउमिन जस्तै गरी सिमेन्ट–इँटा खान्छिन् यी महिला ★   दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान

कश्मीर तनावपछि इमरान खानले भने, ‘नयाँ संकट पैदा हुनसक्छ’



काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउँदै भारतको आक्रामक व्यवहारले क्षेत्रमा नयाँ संकट पैदा हुनसक्ने बताएका छन् ।

पाकिस्तानले भारतमाथि नियन्त्रण रेखा पारी क्लस्टर बम प्रयोग गरेको आरोप पनि लगाएको छ जसलाई भारतले खारेज गरेको छ ।

इमरान खानले भारतले नियन्त्रित रेखा पारी नागरिकलाई निशाना बनाएर हमला गरिरहेको आरोप लगाएका छन् ।

एक ट्वीटमा इमरान खानले भने, ‘म भारतको तर्फबाट नियन्त्रण रेखा पारी निर्दोष नागरिकमाथि हमला र क्लस्टर बमको प्रयोगको आलोचना गर्छु । यो मानवीय कानून र भारतको सन् १९८३ को पारम्परिक हतियारमाथि कन्भेन्सनको प्रतिबद्धताको उल्लंघन हो ।’
उनले भने, ‘संयुक्त राष्ट्र सुरक्षा परिषदले शान्ति र सुरक्षाका लागि यो अन्तरराष्ट्रिय खतराबारे जानकारी लिनुपर्छ ।’

अर्को एउटा ट्वीटमा इमरान खानले भने, ‘कब्जा गरिएको कश्मिरमा बसिरहेका मानिसहरुको पीडाको त्यो अत्यास लाग्दो लामो रातलाई अन्त्य गर्ने बेला आएको छ । उनीहरुलाई संयुक्त राष्ट्र सुरक्षा परिषदको सम्झौता अनुसार आफ्नो भाग्य स्वयं छान्ने अधिकारको प्रयोग गर्न दिनुपर्छ ।’

उनले भने, ‘कश्मिरको शान्तिपूर्ण र न्यायपूर्ण समाधानले नै दक्षिण एशियामा शान्ति र सुरक्षाको मार्ग प्रशस्त हुन्छ ।’

त्यसपछि पैदा हुनेछ नयाँ संकटः

आफ्नो ट्वीटमा इमरान खानले भारतीय बलको आक्रामक कारवाहीले क्षेत्रमा नयाँ संकट पैदा गर्नसक्ने बताएका छन् ।

उनले भने, ‘राष्ट्रपति ट्रम्पले कश्मिरमा मध्यस्थताको प्रस्ताव दिएका छन् । अब यस्तो गर्ने बेला आएको छ किनभने भरतीय बलको नयाँ आक्रामक कारवाहीका कारण कश्मीरमा र नियन्त्रण रेखामा स्थिती खराब भइरहेको छ । यसको क्षेत्रीय संकटमा परिवर्तन हुने सम्भावना छ ।’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग भेटघाटको क्रममा कश्मिरको मुद्दामा मध्यस्थताको प्रस्ताव दिएका थिए । पाकिस्तानले एकातर्फ उक्त प्रस्तावको स्वागत गरेक थिए भने भारतले यसलाई पूर्ण रुपमा अस्विकार गरेको थियो ।