७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु उद्योग मकवानपुरका अधिकृत घुससहित रंगेहात पक्राउ



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडा मकवानपुरका अधिकृत घुस रकम सहित पक्राउ परेका छन् ।

आठौं तहका अधिकृत चन्दनकुमार अमात्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाबाट खटिएको टोलीले आइतबार ५० हजार रुपैयाँ घुस रकम सहित रंगेहात नियन्त्रणमा लिएको हो ।

अमात्यले आईईई प्रतिवेदन स्वीकृतिका नाममा सेवाग्राहीसँग लिएको घुस रकमसहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको अख्तियाका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।