बागलुङ । अविरल वर्षासँगै आएको बाढीले जिल्लाको पश्चिममा बनेको ताल फुटेको छ।
बडीगाड खोलामा पानीको सतह बढेपछि बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा गत वर्ष बनेको तुरतुरे ताल सोमबार बिहान चार बजे फुटेको हो।
ताल फुटेपछि ७५ प्रतिशत पानी बगेको बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए। यता सडक बगाउदा मध्यपहाडी लोकमार्ग भएर चल्ने सवारी साधनहरु चल्न सकेको छैन् ।
अवरुद्ध लोकमार्ग तत्काल सुचारु गर्न नसकिने भएकाले वैकल्पिक मार्गको प्रयोगका बिषयमा पनि छलफल भइरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए। यसका लागि स्थानीय तह सँगै आवश्यक समन्वय र पहल भइरहेको उनले बताए।