५ असार २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६ ० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस र राजपाले संसदीय समिति गठनको माग छाडे, सदनको अवरोध हटाउन सहमत



अ+ अ-

काठमाडौं । विपक्षी नेपाली कांग्रेस र राजपा सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठनको माग स्थगित गर्दै सदनको अवरोध हटाउन सहमत भएका छन् ।

सोमबार बसेको सर्वदलीय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावकारी बनाउने सहमति भएको छ । त्यस्तै फेरि यस्तो गतिरोध नहोस् भनेर सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने पनि सहमति भएको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेस र राजपाले सर्लाहीमा भएका दुई घटना (कुमार पौडेल हत्या र सरोजनारायण सिंहको) बारे संसदीय छानविन समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडान राख्दै गत असार २४ गतेदेखि बैठक अवरुद्ध गर्दै आएका थिए ।

नेत्रविक्रम चन्द विप्लव समूहका नेता पौडेलको असार ५ गते प्रहरीको गोली लागि मृत्यु भएको थियो भने सिंहको क्रसर उद्योगले खनेको खाल्डोमा डुवेर बालकको ज्यान गएको विरोधमा भएको प्रदर्शनका क्रममा भएको झडपमा ज्यान गएको थियो । तर, सत्तापक्ष सर्लाही घटना स्थानीयस्तरमा मिलिसकेकाले संसदीय छानवन समिति आवाश्यक नभएको भन्दै समिति गठनको विपक्षमा उभिदै आएका थिए ।

यो सहमतिसँगै संसदीय छानविन समिति गठनको माग छाडेको हो भन्ने प्रश्नमा राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले भने, ‘यसबारे के गर्ने भन्ने अब यो समितिमा नै छलफल हुनेछ ।’