७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता’ साउन २३ देखि



अ+ अ-

काठमाडौँ । ढोरपाटन क्लबको आयोजनामा ‘पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता’ यसै साता शुरु गरिने भएको छ । सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) मुख्य प्रायोजक हुने उक्त प्रतियोगिता यही साउन २३ गतेदेखि आयोजना गरिने भएको हो ।

एक सय सत्र टोली सहभागी हुने उक्त प्रतियोगितामा विजेताले रु एक लाख तथा उपविजेताले रु ५० हजार पुरस्कार पाउनेछन् । त्यसैगरी तेस्रो हुनेले रु २५ हजार र चौथो हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो । तीनदिने उक्त प्रतियोगिता नयाँ बसपार्कमा आयोजना हुनेछ ।