९ आश्विन २०८१, बुधबार
,
Latest
आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिकलाई भत्ता दिँदै सामुदायिक वन



अ+ अ-

मुग्लिन । चितवनको ईच्छाकामना गाउँपालिका–७ सिमलढापस्थित रानीखोला सामुदायिक वनले त्यहाँका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउदैँ आएको छ । सो सामुदायिक वनले विगत नौ वर्षदेखि ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउँदै आएको हो ।

वनजङ्गल र वन्यजन्तु संरक्षणसँगै वन पैदावर सामग्रीबाट प्राप्त भएको आम्दानी रकमबाट प्रति ज्येष्ठ नागरिकलाई भत्ता स्वरुप मासिक रु २०० उपलब्ध गराउँदै आएको सो सामुदायिक वनका अध्यक्ष राजकुमार रानामगरले बताए ।

विसं २०६७ देखि नै यहाँका ज्येष्ठ नागरिकलाई भत्ता स्वरुप वनले सो रकम उपलब्ध गराउँदै आएको उनले बताए । यसैगरी सो वनले एकल महिला र पुरुषलाई पनि मासिक रु २०० भत्ता रकम वितरण गर्दै आएको छ ।

अध्यक्ष मगरका अनुसार २०७५÷७६ मा ३६ जना ज्येष्ठ नागरिक, एकल महिला र पुरुषलाई भत्ता रकम वितरण गरेको छ । त्यस्तै रानीखोला सामुदायिक वन उपभोक्ता समितिले सुत्केरी भत्ता पनि उपलब्ध गराउँदै आएको छ । दुई बच्चा जन्माउनसम्मका लागि रु एक हजार सुत्केरी भत्ता उपलब्ध गराउँदै आएको छ ।

दुईभन्दा बढी बच्चा जन्माउनेलाई भने भत्ता दिने गरेको छैन् । समितिले समूहमा आवद्धको जीविकोपार्जनदेखि वन र वन्यजन्तु संरक्षणको काम पनि गरिरहेको छ । जिल्लाको वरण्डाभार क्षेत्रका वनमा साझा संस्थामा रहेको १७ वन समूहमध्ये रानीखोला सामुदायिक वन समूह पनि एक हो ।

वन संरक्षणमा लागेवापत समितिलाई ४३ वटा भैँसी अनुदान प्राप्त भएको थियो । वरण्डाभार संरक्षित वन परिषद् कोषबाट प्राप्त भैँसी जीविकोपार्जनका लागि वन समूहका सदस्यलाई वितरण गरिएको अध्यक्ष मगरले भने ।

विसं २०५८ मा स्थापना भएको रानीखोला सामुदायिक वन उपभोक्ता समिति विसं २०६७ मा समुदायलाई हस्तान्तरण गरिएको हो । हाल समितिमा १५८ घरधुरी आवद्ध छन् ।