काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार बिहान पशुपतिनाथको दर्शन गरेकी छन्।
पूर्वयुवराज्ञी शाहले साउने सोमबारको अवसर पारेर साउन २० गते बिहानै पशुपतिनाथको दर्शन गरेकी हुन्।
छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुगेकी उनले करिब २० मिनेट मन्दिरभित्र पूजा आराधना गरेकी थिइन्।
साउने सोमबार व्रत बसे शिवजी प्रशन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ।यसै अवसर पारेर पूर्व युवराज्ञी शाहले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरेकी हुन् ।