७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा महतोको प्रश्न : सभामुख महाडकैत भएको र आजीवन कारावास सजाय भनियो भने के हुन्छ ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्नो मानहानी गरेको भन्दै माफी माग्न माग गरेका छन् । सोमबार संसदलाई सम्बोधन गर्दै उनले भ्रमको खेती नगर्न सरकारलाई चेतावनी दिए ।

आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा सञ्चारमन्त्री गोकुल बास्कोटाले ८ जनाको नागरिकता खारेज भएको भनी जानकारी दिएका थिए । नागरिकता खारेज हुनेमध्ये एक राजेन्द्र महतो नाम गरेका व्यक्ति पनि थिए ।

उक्त लिस्टमा राजेश्वर महतोसहित अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो रहेका थिए ।

त्यसलाई लिएर आफ्नो नागरिकता खारेज भयो भनेर झुटो प्रचार भएको भन्दै सांसद महतोले आपत्ति जनाए । संवेदनशील विषयमा निर्णय सार्वजनिक गर्दा सरकारले पूरा सूचना नदिएको भन्दै उनले भने, ‘कुन राजेन्द्र महतो हो ? राजेन्द्र महतो नाम गरेको व्यक्ति त हजारौं छ ।’

यो घटनामा आफ्नो मानहानी भएको भन्दै माफी माग्न सरकारसँग माग गरे । उनले भने, ‘सरकारले माफी माग्नुपर्छ । यसरी भ्रम फैलाउने काम गर्नु हुँदैन ।’ सञ्चार माध्यमले पनि यसमा ध्यान नदिएको भन्दै आपत्ति जनाए ।

सांसद महतोले यदि कृष्णबहादुर महरा महाडकैत भएको र उनलाई आजीवन कारावास सजाय मात्र भनियो भने के हुन्छ भन्ने प्रश्न गरे ।

त्यस्तै नेकपा सांसद कृष्णभक्त पोखरेलले उक्त शब्द रेकर्डबाट हटाउन माग गरे । त्यसपछि सभामुख महराले महतोले बोलेको उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिए ।