२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो बर्षको प्रतिक्षित चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक



अ+ अ-

यो बर्षको प्रतिक्षित चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक भएको छ ।चलचित्र ‘मारुनी’को ट्रेलरमा विशेषगरि, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको फरक अवतार देख्न सकिन्छ ।

नवल नेपाल निर्देशित यो चलचित्रलाई पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेकी हुन् ।

चलचित्रको ट्रेलरमा नायिका रेविका गुरुङ र नायक पुष्प खड्काको रोमान्स देखिएको छ । तर, पुष्पका लागि साम्राज्ञीको प्रेम पनि ट्रेलरमा देखाइएको छ ।

संजय लामाले खिचेको चलचित्रको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । भदौ १३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

चलचित्रमा राजा प्रधान, दर्शना केसी र मिना क्षेत्री सह–निर्माताको रुपमा छन् । मित्र डी गुरुङको सम्पादन रहेको चलचित्रमा दिपक बज्रचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत छ ।