२१ असार २०८३, आईतवार
,
Latest
३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक अभावमा छटपटाउँदै बादुरे, ३ महिनादेखि अस्पतालमै बास



अ+ अ-

बाजुरा । बडिमालिका नगरपालिका–७ का ४४ वर्षीय बादुरे दमाई आर्थिक अभाबमा अस्पतालको शैयामा छट्पटाइरहेका छन् । गरिबीकै कारण बादुरेले जिल्ला अस्पताल बाजुरामा ३ महिनादेखि थन्किएनु परेको हो ।

संक्रमण रोगका कारण पांच वर्ष अघि बांया खुुट्टो गुमाएका बादुरेको अझ दाँया खुट्टाको पैतलामा रहेको घाँउ बल्झीदै गएको छ । जिल्ला अस्पताल बाजुरामा कार्यरत डा. दुर्गाराज महर्जनका अनुसार उनको घाउमा मासु काटेर राख्नुपर्ने र अन्य चेकजाँच गर्नुपर्ने भएकाले सुबिधा सम्पन्न अस्पतालमा लिनुपर्ने हुन्छ । तिन महिनासम्म उपचार गर्दा पनि उनको घाउ ठिक नभएको महर्जनले वताउनुुभयो ।

बाजुरा अस्पतालमा सञ्चो नभएपछि उनि अब घर फर्किने सुरमा छन् । बादुरेले अस्पतालको शैयामा रुदै भने– ‘बाहिर जान पैसा छैन्, अब घरमा गएर मर्नु भन्दा अर्को बिकल्प छैन ।’ उनको बायाँ खुट्टा ५ बर्ष पहिला चोटका कारणले काटेका छन् । अपांग जीवन बिताइरहेका बादुरे दायाँ खुट्टामा पनि संक्रमण भएपछि उनी झन् समस्या परेका छन् । स्वास्थ्यकर्मीले नेपालगञ्ज काठमाडौंका सुविधा सम्पन्न जान सुझाब दिएको छ, तर आफूसँग एक पैसा पनि नभएकोले सहयोग गर्न समेत आग्रह गरेका छन् ।

बादुरेकी श्रीमती कलु दमाईले भनिन्– “घर पनि अर्काको जग्गा छ, सम्पत्तिको नाममा एक आना जग्गा पनि छैन कसरुी परिवार पालु कसरी श्रीमान्को उपचार गरूँ ।’ लुगा सिलाएर परिवार पाल्दै आएका बादुरे तिन महिना देखि थलिएपछि उनको परिवार झन संकटमा परेको छ ।

बादुरेको उपचारका लागि बडिमालिका नगरपालिकामा पहल गरेको भए पनि केही वास्ता नगरेको बादुरेले वताएका छन् । धेरैलाई उपचार सहयोगका लागि पहल गरेको भए पनि कसैले सहयोग नगरेको कलुले वताईन् । उनका परिवार गाँउमा माथिल्लो जातिको खलिया काम गर्दै आएका छन् ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।