३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

बर्खा लागेसँगै यातायात ठप्प

बर्खा लागेसँगै यातायात ठप्प
अ+ अ-

दैलेख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ वटा वडा छन्। बर्खा लागेसँगै यहाँका चारवटा वडासँग सडक यातायातको सम्पर्क टुट्छ। पाँच वर्षअघि वीरेन्द्रनगरसँग गाभिएका गढी, गर्पन र रतुका बासिन्दा वर्षा सुरु भएसँगै यातायातको सुविधाबाट वञ्चित हुने गर्छन्। प्रदेश राजधानीभित्र एक सय ७५ किलोमिटर सडक छ। त्यसमा कालोपत्रै गरिएको सडक ४२ किलोमिटर मात्रै छ। ‘बर्खा लागेसँगै यहाँका अधिकांश सडक सञ्चालन हुन छाड्छ, वीरेन्द्रनगरनगरपालिका–१३ का आरपी लामिछानेले भने, ‘राजधानीभित्रकै सडकको यो अवस्था छ भने बाहिरको के होला ?’

३० हजार तीन सय १३ वर्ग किलोमिटर भूगोल रहेको कर्णाली प्रदेशमा दुई हजार तीन सय ५२ किलोमिटर सडक छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार कालोपत्रे सडकको लम्बाइ ६ सय ३२ किलोमिटर मात्रै छ। तीन सय ४७ ग्राभेल सडक छ भने एक हजार तीन सय ७३ किलोमिटर सडक कच्ची अवस्थामा छ। ‘कच्ची र ग्राभेल सडक मात्रै होइन, यो प्रदेशमा कालोपत्रे सडकमा पनि बर्खामा गाडी गुड्न समस्या हुन्छ,’ प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराजप्रसाद चौरसियाले भने, ‘भएका सडकको स्तरोन्नति नहुँदा यात्रुहरूलाई समस्या हुने गरेको छ। ’ बर्खा लागेसँगै कर्णालीका ग्रामीण सडकहरू अवरुद्ध छन्। वडाबाट पालिकाको केन्द्र, पालिकाको केन्द्रबाट सदरमुकाम र सदरमुकामबाट प्रदेश राजधानी जोड्ने सडकहरू अवरुद्ध बनेका हुन्।

कर्णालीका १० जिल्लामध्ये हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन। यहाँ १२ किलोमिटरमा साना यातायातका साधन सञ्चालन हुन्छन्। भर्खरै सडक सञ्जालले छोएको डोल्पामा ३९ किलोमिटर सडक छ। बर्खा लागेसँगै यहाँका सडक अवरुद्ध छन्। कर्णाली प्रदेशको राजधानीसँग जोडिएका कर्णाली राजमार्ग, रत्न राजमार्ग, छिन्चु–जाजरकोट, वीरेन्द्रनगर–दैलेख सडकखण्ड नै बर्खाको समयमा अवरुद्ध हुने गरेका छन्। सडक डिभिजन कार्यालयका इन्जिनियर रेशम वली प्राविधिक अध्ययनबिना डोजरले खनेका सडक बर्खा लाग्नेबित्तिकै अवरुद्ध हुने गरेको बताउँछन्।

दैलेख र कालिकोट तयारी अवस्थामा

कर्णाली राजमार्गको सबैभन्दा ठूलो खण्ड दैलेखमा पर्छ। बर्खा लागेसँगै ठाउँठाउँमा बाढी र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुन्छ। ‘दैनिक हुने अवरोध हटाउन र उद्धार कार्यका लागि हामी तयारी अवस्थामा छौं,’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले भने, ‘बर्खाकै समयमा कर्णाली राजमार्ग सुचारु राख्नु चुनौतीपूर्ण छ। ’ दिनदिनै हुने अवरोध हटाउन दैलेख खण्डका तीन स्थानमा हेभी इक्युपमेन्ट (डोजर, एक्साभेटरलगायत) हरू राखिएका छन्।

जिरो प्वाइन्ट (सियाकोट), तल्लोडुंगेश्वर र राकम कर्णालीमा हेभी इक्युपमेन्टसँगै आवश्यक जनशक्ति तैनाथ गरिएको उनले बताए। डिभिजन सडक कार्यालयले हेभी इक्युपमेन्ट उपलब्ध गराएको छ भने प्रहरीले आफ्नो जनशक्ति परिचालन गरेको छ। ‘यसका साथै राजमार्ग आसपासका प्रहरी चौकीलाई बर्खाभर सतर्क रहन निर्देशन दिएका छौं,’ उनले भने, ‘आवश्यक ठाउँमा जनशक्ति पनि थप गरेका छौं। ’ कालीकोटमा पनि स्थानीय प्रशासनले आवश्यक जनशक्ति र औजार तयारी अवस्थामा राखेको छ। कर्णाली राजमार्गअन्तर्गत कालिकोटका गगनेखोला, कालेखोला, सुनारखोला, पिली र राँचुलीमा नियमित पहिरो जाने गरेको छ। कालिकोटका प्रहरी प्रमुख डिएसपी विनोद शर्माले कर्णाली राजमार्गलाई सुचारु राख्न डोजरसहित प्रहरी जनशक्तिलाई परिचालन गरिएको बताए। ‘यहाँ दिनदिनै कुनै न कुनै ठाउँमा पहिरो जान्छ,’ उनले भने, ‘आइतबार मात्रै तीनवटा डोजरको सहायताले राँचुलीको पहिरो हटायौं। ’

पुल नहुँदा सास्ती
वर्षात्को समयमा कर्णाली राजमार्गअन्तर्गतका साना खोलाहरूका कारण पनि सडक अवरुद्ध हुने गर्छ। खहरे खोलामा बग्ने भेलले घण्टौं राजमार्ग बन्द हुन्छ। कर्णालीका अधिकांश खोलामा पुल छैनन्। केही ठाउँमा पुल बन्दै गरे पनि ठेकेदारको लापरबाहीले वर्षौंदेखितिनले पूर्णता पाउन सकेका छैनन्। पातलेखोला, जाक्सीखोला, पालतडा, कानेखोला, दहीखोला, छेडाखोला, कुवाखोला, कालेखोला, मटेखोला, रतिखोला, लोहाखोलालगायत ठाउँमा ठेक्का भएको वर्षौ भए पनि पुल निर्माण सम्पन्न भएका छैनन्।

दैलेखका नैनबहादुर शाहीले समयमा पुल निर्माण नहुँदा कर्णाली राजमार्गको यात्रा कष्टपूर्ण रहेको बताए। ‘वर्षात्को समयमा साना खोलाहरू नदी बन्छन्,’ उनले भने, ‘यस्तो बेला कर्णाली राजमार्गको यात्रा गर्नु निकै चुनौतीपूर्ण हुन्छ। ’ जिल्ला प्रशासन कार्यालय दैलेखले आफ्नो कार्यक्षेत्र पर्ने राजमार्गमा निर्माणधीन पुलहरू २०७५ असार समान्तभित्र सक्न निर्माण कम्पनीहरूलाई निर्देशन दिएको थियो। हालसम्म पनि ती पुल बनेका छैनन्।

राजधानीसँग जोडिएनन् सल्यान–रुकुम
प्रदेशको राजधानी सुर्खेतसँग कर्णालीका जिल्ला सीधा यातायातसँग नजोडिँदा स्थानीय मारमा परेका छन्। कर्णालीको रुकुम पश्चिम र सल्यान अहिले पनि प्रदेश राजधानीसँग सीधा यातायात सम्भव छैन। ठाउँठाउँमा गाडी परिवर्तन गरेर सुर्खेत आउनुपर्ने त्यहाँका बासिन्दाको बाध्यता हो। सुर्खेत–सल्यान–रुकुम पश्चिमसम्मका लागि भरपर्दा सडक नहुँदा यी जिल्ला प्रदेश राजधानीसँग जोडिन नसकेका हुन्। ‘सुर्खेत जाँदा प्रदेश ५ को दाङ हुँदै बाँकेको कोहलपुर भएर सुर्खेत जानुपर्छ,’ रुकुम पश्चिमका दलबहादुर नेपालीले भने, ‘जसले गर्दा यात्रा लामो हुनुका साथै महँगो भाडा लाग्छ। ’ सडक सञ्जालसँग नजोडिँदा यी जिल्लामा उत्पादित वस्तु र सामग्री सुर्खेतसम्म पर्याप्त मात्रामा पुर्याउन नसकिएको भन्दै स्थानीयले गुनासो गर्ने गरेका छन्। यहाँ उत्पादित वस्तु र सामग्री प्रदेश ५ का दाङ, नेपालगन्जलगायत स्थानमा लगिन्छन्।

सुर्खेत जोड्न सडकका दुई विकल्प छन्। मुसीकोट–चौरजहारी र चौरजहारी–सल्लीबजार सडकखण्ड अहिले पनि सञ्चालनमा छन्। तर सुर्खेतसम्म गाडी सुचारु भएको छैन। चौरजहारीदेखि सल्लीबजारसम्म कच्ची र साँघुरो बाटो छ। यदि यसलाई नै सुर्खेत जोड्नेगरी सडक निर्माण गर्ने हो भने पक्की र फराकिलो बनाउन आवश्यक रहेको सल्यानका रामकृष्ण जैसीले बताए। अर्को चौरजरहारी हुँदै जाजरकोटको कुदु भएर सुर्खेत आउन सकिन्छ। कर्णाली राजमार्गको दैलेख खण्डमा खहरे खोलाले राजमार्ग अवरुद्ध हटाएपछि गन्तव्यतिर जाँदै सवारीसाधन।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।