३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

बालुवाटार जग्गा प्रकरण : खास कुरा यस्तो

बालुवाटार जग्गा प्रकरण : खास कुरा यस्तो
अ+ अ-

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवाससहितको सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता भएको जानकारी तत्कालीन समयमा सम्बन्धित निकायलाई गराए पनि उनीहरूले बेवास्ता गरेको पाइएको छ । भूमाफिया र मालपोतको मिलेमतोमा मन्त्रिपरिषद्को निर्णयलाई नै गलत अर्थ लगाई जग्गा दर्ता गराइएको देखिएको भन्दै पटक–पटक मालपोतलाई निर्णय सच्याउन, अख्तियार, संसदीय समिति र भूमिसुधार मन्त्रालयलाई छानबिन गर्न भन्दै उजुरी गरिएको थियो । तर, ती सबै निकायले उजुरीलाई थन्काएर भूमाफियालाई नै सहज बनाउने काम गरेका थिए ।

यस क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २ माघ २०७३ मा दर्ता नम्बर २१९ र सोही मितिमा दर्ता नम्बर २२० तथा ११ माघ २०७३ मा दर्ता नम्बर २२७ गरी चारपटक उजुरी दर्ता भएको छ ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६ मंसिर २०७२ मा दर्ता नम्बर २६८०, २३ जेठ २०७३ मा दर्ता नम्बर ८४३७, २६ पुस २०७३ मा दर्ता नम्बर १२५४८ र १२५८६, १३ चैत २०७३ मा दर्ता नम्बर १६९५२, २६ पुस २०७२ मा दर्ता नम्बर १२५८५ र ९ कात्तिक २०७३ मा दर्ता नम्बर ९०८९ गरी सातपटक उजुरी दर्ता भएको थियो ।

संसद्को सुशासन तथा अनुगमन समितिमा १५ बैशाख २०७४ मा दर्ता नम्बर १०७ र २ जेठ २०७४ मा गरी दुईपटक उजुरी दर्ता भएको थियो ।त्यस्तै, भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा २४ पुस २०५८ मा दर्ता नम्बर ५२० र ३१ वैशाख २०७३ मा हुलाकमार्फत गरी दुई वटा उजुरी दर्ता भएको थियो ।

तत्कालीन समयमा मालपोत कार्यालयले दर्ता गर्न नमानेपछि हुलाकमार्फत दर्ता गराइएको उजुरीसहित ६ वटा उजुरी परेको थियो । ती उजुरीमा अख्तियार मन्त्रालय र संसदीय समितिमा झुटा विवरण उपलब्ध गराएकाले सच्याउन माग गर्दै ३ मंसिर २०७३ मा हुलाकबाट, २४ पुस २०५८ मा दर्ता नम्बर ५२०, २३ असार २०७२ मा दर्ता नम्बर २३९१३, ६ साउन २०७२ मा दर्ता नम्बर १६०४, २ भदौ २०७२, ३ फागुन २०७१ मा दर्ता नम्बर १०८०९ र २२ पुस २०७३ मा हुलाकमार्फत उजुरी दर्ता भएका थिए ।

तर, यी निकायले जानकारी पाउँदा पाउँदै पनि यस विषयलाई छानबिनको विषय नबनाएको र विभिन्न बहानामा बेवास्ता गरेपछि ललिता निवासको सरकारी जग्गा अतिक्रमण हुने क्रम बढेको थियो । ।
बालुवाटार जग्गा फिर्ता हुनुपर्ने माग गर्दै आएका अधिवक्ता युवराज कोइरालाले यस सम्बन्धमा तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई समेत जानकारी गराएको बताउँछन् । १९ मंसिर २०७३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र लेखेर सचेत गराउन खोज्दा दर्ता नभएको उनको दाबी छ ।

प्रचण्डलाई प्रत्यक्ष भेट्न नपाए पनि हालका गृहमन्त्री रामबहादुर थापा ‘बादल’मार्फत पटक–पटक भेट्ने प्रयास गरेको उनी बताउँछन् ।

‘बादलले भेटाइदिने वाचा गरे पनि भेट्ने प्रयास भने सफल हुन सकेन,’ कोइरालाले भने । भेट्ने प्रयास सफल नभएपछि उनले तत्कालीन माओवादी पार्टी कार्यालय पेरिसडाँडामा समेत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई ९ पानाको पत्र लेखेर दर्ता गरेका थिए । राजधानीलाई प्राप्त सो पत्रमा जनयुद्धको नेतृत्व गरेको पार्टी र सरकारको नेतृत्वमा रहेका पार्टी अध्यक्ष प्रचण्डबाट छानबिन हुने अपेक्षा गरिएको आशय उल्लेख छ । ‘प्रचण्ड नेतृत्वको तत्कालीन सरकारबाट ठूलो आशा थियो तर उनले समेत यसलाई बुझ्न सकेनन् । तर, केपी ओली नेतृत्वको सरकारले यसलाई छानबिन ग¥यो । ढिलै भए पनि सरकारले फिर्ता गर्ने र संलग्नलाई कारबाही गर्नेछ भन्ने आशा पलाएको छ,’ जग्गा फिर्ता अभियानका अगुवा अधिवक्ता कोइरालाले राजधानीसँग भनेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।