३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

ललितपुर महानगरपालिकाले किन्यो साढे ४ करोडमा दुई ब्रुमर

ललितपुर महानगरपालिकाले किन्यो साढे ४ करोडमा दुई ब्रुमर
अ+ अ-

काठमाडौं । ललितपुर महानगरपालिकाले ४ करोड ४८ लाख ११ हजार दुई सय ८० रुपैयाँमा दुईवटा ब्रुमर खरिद गरेको छ । जेन टेक प्रालिमार्फत टेन्डर प्रक्रियाबाट ब्रुमर खरिद गरेको महानगरपालिकाले जनाएको छ । सडकमा रहेको धूलो सफा गर्न इटालीको ‘म्याकरो’ कम्पनीले निर्माण गरेको ‘एम ६०’ मोडलको ब्रुमर खरिद गरेको मेयर चिरिबाबु महर्जनले बताए ।

केही दिनमा औपचारिक कार्यक्रम गरी ब्रुमर सञ्चालन गर्ने तयारी रहेको महानगरका जिन्सी व्यवस्थापन शाखाका प्रमुख सागर थापाले बताए । उनले भने, ‘ब्रुमर सञ्चालनसम्बन्धी पाँचदिने तालिम हुँदै छ । तालिमपछि महानगरले निर्णय गरी ब्रुमर सञ्चालनको मिति तोक्नेछ ।’ ‘म्याकरो’ कम्पनीका इन्जिनियरले महानगरका मेकानिकल इन्जिनियर, चालक र मिस्त्री गरी पाँचजनालाई पाँच दिनसम्म दैनिक करिब तीन घन्टा तालिम दिनेछन् ।

पुरानो ब्रुुमर चलाउन समस्या
महानगरपालिकासँग यसअघि एउटा ब्रुमर थियो । धुवाँ धेरै फाल्ने भएकाले प्रयोगमा ल्याउन नसकिएको महानगरका प्रवक्ता राजु महर्जनले बताए । पुरानो ब्रुमरले काम नगरेपछि महानगरले गत २७ मंसिरमा ब्रुमर खरिद गर्न टेन्डर आह्वान गरेको थियो । म्याप इन्टरप्राइजेज, टाइल ब्रदर, बल्र्ड वाइड ट्रेडिङ कम्पनी र जेन टेक प्रालि टेन्डर प्रक्रियामा सहभागी भएका थिए । जसमध्ये जेन टेक प्रालिले २७ पुस ०७५ मा ब्रुमर खरिद गर्ने जिम्मा पाएको थियो ।

ब्रुमरका विशेषता
दुवै ब्रुमर युरो ४ मापदण्डका छन् । ब्रुमरको इन्जिन क्षमता १ सय १० किलोवाट छ । बु्रमरले पिएम २।५ सम्मको धुलो छान्न सक्छ । अघिल्लो भागमा एउटा, ‘बडीको’ दायाँ बायाँ र मुनि एक–एक गरी ४ वटा ब्रस छन् । ब्रुमरमा ६ सय २० लिटर पानी र ६ घनमिटरको धुलो भण्डारण क्षमता छ । एकपटकमा अधिकतम ३।६ मिटर चौडाइसम्म सफाइ गर्ने महानगरका मेकानिकल इन्जिनियर पुष्कर भट्टराईले बताए ।

ब्रुमर स्मार्ट टिसीको महत्वपूर्ण आधार : मेयर
मेयर चिरिबाबु महर्जनले स्मार्ट सिटी बनाउने अभियानमा ब्रुमर खरिद महत्वपूर्ण आधार भएको बताएका छन् । उनले भनेका छन्, ‘हामी ललितपुरलाई स्मार्ट सिटी बनाउँछौँ । स्मार्ट सिटीका लागि चाहिने आवश्यक पक्षमध्ये यो पनि एक महत्वपूर्ण पक्ष हो । उपमेयर गीता सत्यालले महानगरपालिकाको सहरी क्षेत्रमा धुलो सफा गर्न ब्रुमर ऐतिहासिक हुने बताइन् । उनले भनिन्, ‘नगरका भित्री क्षेत्र सफा गर्न दुईवटा ब्रुमर पर्याप्त हुनेछन् ।’

यी रुटमा ब्रुमर चलाउने तयारी
सुरुवाती चरणमा कुपन्डोलदेखि लगनखेलसम्म ब्रुमरको प्रयोग गर्ने योजना रहेको महानगरले जनाएको छ । सडक पिच नभएका र मेलम्ची आयोजनाको काम हुँदै गरेका रुटमा तत्काल ब्रुमर प्रयोग नहुने भएको छ । रुटको सम्बन्धमा अन्तिम निर्णय भने नभएको प्रवक्ता महर्जनले बताए । ‘बिग्रिएको सडकमा ब्रुमर प्रयोग गर्दा ब्रुमर पनि बिग्रिने खतरा हुन्छ । त्यसप्रति हामी सचेत छौँ,’ उनले भनेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।