३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

जहाँ कसैले मान्दैनन् सरकार, आफ्नै छुट्टै सरकार चल्छ !

जहाँ कसैले मान्दैनन् सरकार, आफ्नै छुट्टै सरकार चल्छ !
अ+ अ-

रुकुम पूर्व । पुथाउत्तरगंगा गाउँपालिकास्थित मैकोटमा साधारण काम गर्ने मजदुरले खानपानसहित दिनको ३ सय ५० रुपैयाँ ज्याला पाउने भएका छन् । सुक्खा काम गरेमा दैनिक ५ सय रुपैयाँ ज्याला निर्धारण गरिएको छ । त्यसभन्दा कडा काम गर्नेले खानपानसहित ५ सय रुपैयाँ पाउनेछन् ।

मैकोटमा खाद्यान्न खरिदबिक्रीको पनि मूल्य निर्धारण गरिएको छ । प्रतिमाना मकै २५, गहुँ ४५ र जौ २५ रुपैयाँका दरले बिक्री गर्नुपर्ने नियम बनाइएको छ । लोकल कुखुरा प्रतिकिलो १ हजार २ सय, राँगा, भैंसी र बंगुरको मासु प्रतिकिलो ५ सय, खसी, बोका र भेडाकोमासु प्रतिकिलो १ हजार रुपैयाँमाकिनबेच गर्नुपर्नेछ ।

पुथा उत्तरगंगा–१ र २ वडाको मैकोटमा जुवातास खेलेमा जरिवाना गर्नेदेखि विकास निर्माण के कसरी गर्ने भन्ने निर्णय पनि गाउँलेले गरेका छन् । यस्तो निर्णयमा गाउँपालिका र वडाको कुनै भूमिका छैन । यहाँ गाउँलेको दुईदिने बर्खे अधिवेशनले हिउँदेसम्मका लागि हरेक क्षेत्रको दर कायम गरेको हो । अधिवेशनले विकास निर्माण र शान्ति सुरक्षा कायम गराउन विभिन्न २३ वटा निर्णय पारित गरेको छ ।

वडा र गाउँपालिकासभा सम्पन्न भएको झन्डै दुई सातापछि गाउँलेको छुट्टै बर्खे अधिवेशन सञ्चालन भएको थियो । मैकोटमा बर्खे र हिउँदे अधिवेशन आयोजना गर्ने पुरानै चलन हो । उनीहरूले यो चलनलाई निरन्तरता दिँदै आएका छन् । यस पटकको अधिवेशनले परम्परादेखि चल्दै आएका रीतिरिवाज, चालचलनलाई निरन्तरता र परिमार्जन गर्ने निर्णय गरेको छ ।

गाउँमा कसैको मृत्यु भएपछि मलामी जाँदा वा बसी लाग्न जाँदा बाहिरबाट जाँडरक्सी लिन नपाइने तथा गाउँमा कुकुर छाडा छाडेपछि जसले पनि मार्न पाउने निर्णय अधिवेशनबाट गराइएको छ । ‘यहाँ बर्खे र हिउँदे अधिवेशन सञ्चालन हुन्छन् । हामीले भर्खरै बर्खे सकेका छौं,’ स्थानीय अमरधन पुन मगरले भने, ‘पुस्तौंदेखि चल्दै आएको रीतिथितिअनुसार अधिवेशन गरिएको हो ।’

पुथाउत्तरगंगा १ र २ का वडाध्यक्षको उपस्थितिमा अधिवेशन भएको हो । स्थानीय तहको निर्वाचन नहुँदा गाउँका जान्नेमान्ने, बुद्धिजीवीको उपस्थितिमा अधिवेशन गर्ने गरिएको पुनले बताए । वडामा जनप्रतिनिधि आइसकेपछि उहाँहरूको उपस्थितिमा हिउँदे तथा बर्खे अधिवेशन भइरहेको पुनले बताए । वडासभा सञ्चालन हुँदा कार्यालयले केही घण्टामा योजना तर्जुमा गरेका थिए । गाउँपालिकाले २ दिनमा १४ वडाका लागि तय नीति कार्यक्रम तथा बजेट पास गरेको थियो ।

लगत्तै मैकोटीले दुई दिन बर्खे अधिवेशन चलाएका हुन् । अधिवेशनकानिर्णय टोलटोलमा टाँसिएको छ । स्थानीय सरकारले गरेका निर्णयको कमैलाई थाहा छ । तर गाउँले अधिवेशनको निर्णय भने सबैलाई जानकारी भइसकेको छ ।

‘गाउँसभाले के पास गरेको छ भन्ने कुरा वडा कार्यालय र अलिअलि चासो राख्नेलाई मात्रै थाहा होला,’ स्थानीय विकास पुन मगरले भने, ‘मैकोटीको बर्खे अधिवेशनको निर्णय सबैलाई थाहा भइसक्यो ।’ अधिवेशन सकिएलगत्तै निर्णय कार्यान्वयन गर्नुपर्ने भएकाले हरेक टोलमा निर्णय टाँस गरिनुका साथै कटुवालमार्फत पनि निर्णय हरेक व्यक्तिकहाँ पुर्‍याइने गरेको उनले बताए । वडा कार्यालयमै बर्खे अधिवेशन सञ्चालन भएको थियो । गाउँपालिका तथा वडामा भएको निर्णयका आधारमा अधिवेशनले निर्णय गरेको वडा नम्बर १ का अध्यक्ष मकरसिं गुरुङले बताए ।

‘यो चलन पुरानो हो, त्यसैले गाउँलेको छुट्टै अधिवेशन भएको हो,’ उनले भने, ‘यसबाट हामीलाई पनि कामकाजमा ठूलो सहयोग पुग्छ ।’ अधिवेशनको निर्णयअनुसार नै हरेक टोलमा गठित सरसफाइ, बिजुली, विकास निर्माण समितिले दण्ड जरिवाना उठाउँछन् र धारा, बाटोघाटो तथा विद्यालयको भौतिक संरचना निर्माण तथा निजी स्रोतका शिक्षकको तलब भत्तामा खर्च गर्ने गरेका छन् । अरू सरकारभन्दा मैकोटीको सरकार अलग्गै भएको स्थानीय वीरमान पुन मगरले बताए । ‘स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारभन्दा हाम्रा लागि सबभन्दा नजिकको सरकार यही हो,’ उनले भने, ‘हामी उहिल्यैदेखि यसरी नै चल्दै आएका छौं ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।