३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

निगमको सञ्चालन घाटा ९ करोड

निगमको सञ्चालन घाटा ९ करोड
अ+ अ-

काठमाडौँ । सानाठूला गरी १४ वटा विमान भएको नेपाल वायुसेवा निगम ले आर्थिक वर्ष ०७४/७५ मा ९ करोड ३३ लाख रुपैयाँ सञ्चालन घाटा बेहोरेको छ ।

आर्थिक वर्ष ०७४/७५ मा महालेखापरीक्षकको कार्यालयबाट प्रमाणित प्रतिवेदनअनुसार त्यस वर्ष मात्रै राष्ट्रिय ध्वजावाहक कम्पनी नेवानिको सञ्चालन घाटा ९ करोड ३३ लाख पुगेको हो । त्यसअघिको आर्थिक वर्ष ०७३/०७४ मा भने निगमले २४ करोड २६ लाख रुपैयाँसञ्चालन नाफा गरेको थियो ।

आर्थिक वर्ष ०७५/७६ को लेखापरीक्षण हुन बाँकी छ । निगमले यो आवमा सञ्चालनसहित सञ्चित घाटा १ अर्ब ८२ करोड पुग्ने प्रक्षेपण गरेको छ । निगमले ०७५/०७६ सम्म सञ्चितसहित सबैखाले घाटा ५ अर्ब २१ करोड नाघ्ने जनाएको छ । निगमले ०७४/७५ मा यात्रु सेवाको व्यापार (टिकट) बाट मात्रै ४ अर्ब ७० करोड आम्दानी गरेको थियो, जुन त्यसअघिको आर्थिक वर्षको तुलनामा १४ करोड बढी थियो ।

यात्रु, कार्गो, एक्स्ट्रा ब्यागेज, चार्टर उडान, बिमा, इन्टरलाइन कमिसन, एयरक्राफ्ट ह्यान्डलिङलगायत हवाईजहाज सेवासँग सम्बन्धित सञ्चालनबाट मात्रै निगमले १० अर्ब ७८ करोड आम्दानी गरेको थियो । यो रकममा निगमले काठमाडौंमा २ दर्जनभन्दा बढी स्वदेशीरविदेशी एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ ९भूमीस्थ सेवा व्यापार० सेवासहितको आम्दानी समेटिएको छ । ग्राउन्ड ह्यान्डलिङतर्फ निगमले ४ अर्ब ५ करोड आम्दानी गरेको थियो ।

ग्राउन्ड ह्यान्डलिङतर्फको आम्दानी घटाउने हो भने निगमको सञ्चालन घाटा मात्रै कम्तीमा ४ अर्ब १४ करोड पुग्छ । ‘ग्राउन्ड ह्यान्डलिङबाट गरेको आम्दानीले भरथेग गरेको छ, सरकारले निगमको एकाधिकार तोडेर सेवामा प्रतिस्पर्धा गराउने नीति लिए निगम बन्द हुन्छ,’ निगमका एक निर्देशकले भने । चारवटा जेट विमानमार्फत काठमाडौंबाट ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको निगमले ०७४ साउन १ देखि ०७५ असार ३२ सम्म अन्तर्राष्ट्रिय हवाई सेवातर्फ टिकटसहितको ६ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

आन्तरिक उडानका लागि ९ वटा विमान भएको निगमले घरेलु मैदानमा भने ३७ करोड ७५ लाख रुपैयाँबराबरको आम्दानी गरेको थियो । अन्तर्राष्ट्रिय उडानबाट भएको आम्दानीको दाँजोमा आन्तरिक उडानतर्फको आम्दानी ६ प्रतिशत मात्रै हो । आन्तरिकतर्फको आम्दानी घटदै गएको निगमको अर्थ विभागको भनाइ छ । २६ वटा सेक्टरमा उडान अनुमति लिएको निगमले सबै सेक्टरमा नियमित उडान गर्दैन । आन्तरिक उडानका लागि नौवटा जहाज भए पनि नियमित उडानमा ४ वटाहाराहारी मात्रै हुने गरेका छन् ।

निगमले एक वर्षमा पाइलटहरूको तलब, भत्ता, तालिम, अनुमतिपत्र नवीकरण, रात्रि उडान सञ्चालनलगायतमा ३ अर्ब ९८ करोड रुपैयाँ खर्चिएको छ । हाल निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि ९२ जनाको हाराहारी पाइलट र १ सय६८ हाराहारी क्याबिन क्रु छन् ।

इन्जिनियरिङतर्फ जहाज मर्मतसम्भार लगायतमा ९६ करोड ९६ लाख खर्च छ । यसमा इन्जिनियर तथा प्राविधिकको १७ करोड तबलबाहेक जहाज मर्मत तथा स्पेयर्स पार्ट्सलगायत खर्च मात्रै ७९ करोड६५ लाख पुगेको छ ।

यो अघिल्लो आवको तुलनामा २८ करोड बढी हो । २४ अर्ब ऋण लगानीमा गत वर्ष मात्रै ल्याइएका दुई वाइडबडीको खर्च र आम्दानी यो हिसाबमा समेटिएको छैन ।निगमले चालु आवसम्म सरकारसहित ५ वटा वित्तीय निकायलाई तिर्नुपर्ने ऋणको आकार ४० अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यसको ०७५/०७६ को प्रक्षेपित सञ्चित घाटा ५ अर्ब २१करोड नाघिसकेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।