३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

सीमापारि गएका किशोरी फर्कंदैनन्

सीमापारि गएका किशोरी फर्कंदैनन्
अ+ अ-

बाँके । हातमा झोला बोकेर १७ वर्षीया किशोरी नेपालगन्जस्थित जमुनाहा नाका पार गर्न लागेकी थिइन् । एकसरो लुगामा पैदल लम्किरहेकी उनले ‘तरकारी किन्न पारि जान लागेको’ बताइन् । नाकामा तैनाथ सुरक्षाकर्मीले सोधेपछि उनले भनिन्, ‘तरकारी किनेर फर्किहाल्छु ।’

उनीजस्ता थुप्रै किशोरी जिल्ला र आसपासबाट दैनिक सीमापारि सामान खरिद गर्न जान्छन् । परम्परादेखि सीमावर्ती भारतीय रुपैडिया बजारमा दैनिक उपभोग्य वस्तु र लत्ताकपडा खरिद गरिन्छ । यसरी सीमा काटेका कतिपय चेली कहिल्यै फर्किंदैनन् । १७ वर्षीया ती किशोरी तरकारी किन्ने बहानामा सीमा काट्न खोजिरहेकी रहिछन् ।

तर, उनी जान पाइनन् । माइती नेपालका कर्मचारीलाई शंका लागेपछि सोधपुछ गरे । त्यस क्रममा सीमापारि मानव तस्करी गर्ने व्यक्तिले उनलाई कुरिरहेको खुल्यो । घरमा जानकारी नदिई किशोरी तरकारी किन्ने बहानामा सीमा पारि जान लागेको पत्ता लाग्यो । नेपालगन्जकी १७ वर्षीया अर्की किशोरी घुम्ने भन्दै साथीसँगै सीमामा आइन् । उनीसँगै १८ वर्षीया साथीसमेत थिइन् । सोधपुछका क्रममा उनीहरू परिवारलाई ढाँटेर रुपैडिया जान लागेका थिए । माइती नेपालले त्यही सीमाबाट उनीहरूलाई फिर्ता गर्‍यो ।

अहिले नेपालगन्जबाट २ घण्टा दूरीमा रहेको बहराइचमा मेला हेर्न जाने किशोरीको लर्को छ । ती सबै स्थानीय हुन्छन् । बहराइच मेला भर्ने योजना बनाएर दुई दिनअघि १७ वर्षीया दुई किशोरी जमुनाहा नाकामा फेला परे । सोधपुछका क्रममा सीमापारि बसेका मानव तस्करले ‘सेटिङ’ मिलाएको खुल्यो ।

सामान किन्न जाने बहानामा महिला र किशोरी दैनिक सीमामा आउनेरजाने गर्छन् । यसरी जानेको उद्देश्य छुट्याउन र रोकथाम गर्न चुनौती भइरहेको माइती नेपालका नेपालगन्ज संयोजक केशव कोइरालाले बताए । ‘यसरी जाने धेरै स्थानीय हुन्,’ उनले भने, ‘जान नदिउँ किनमेल गर्ने मानव अधिकार हनन होला भन्ने डर, दिउँ फर्किने होइनन् कि भन्ने चिन्ता ।’ लैजानका लागि तस्करले किशोरीलाई विभिन्न बहानामा सीमा पार गर्न लागाउँछन् । आफू भारतीय भूमिमा कुरेर बस्छन् ।

सिमानामा जिल्लाबाहिरबाट आएका भन्दा स्थानीय किशोरीलाई नियन्त्रण गर्न चुनौती रहेको उनले सुनाए । यहाँका धेरै जीवनयापनका लागि सीमापारि निर्भर छन् । त्यस्तो दैनिकीको फाइदा मानव तस्करले उठाइरहेका छन् । सन् २०१८ मा ९ सय २० जनाले जोखिमपूर्ण यात्रा गरेको माइती नेपालको तथ्यांक छ । त्यसमा सीमा जोडिएको नेपालगन्ज उपमहानगरपालिकाका मात्र २७ जना रहेका छन् । बैजनाथका ४४, खजुराका ३०, राप्तीसोनारीका ३१, डुडुवाका ३ र कोहलपुर नगरपालिकाका ७६ जना जोखिमपूर्ण यात्रा गरिरहेको अवस्थामा फेला परेका थिए ।

शक्ति समूह नेपालगन्ज ट्रान्जिट होमकी क्षेत्रीय अधिकृत निर्मला थापाका अनुसार पछिल्लो समय दलालले मान्छे कन्भिन्स गर्ने तरिका फेरिरहेका छन् । यसै साता दाङमा हर्बलको मार्केटिङ गर्ने जागिर दिन्छु भन्दै एक युवकले २० किशोरीलाई नेपालगन्ज नाका हुँदै भारत लगेको प्रहरीको अनुसन्धान ब्युरोबाट उनले खबर पाएको बताइन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।