३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

गृहप्रवक्ता सुवेदी वर्षमा आठपटक विदेश भ्रमणमा

गृहप्रवक्ता सुवेदी वर्षमा आठपटक विदेश भ्रमणमा
अ+ अ-

काठमाडौं । कर्मचारीको विदेश भ्रमणमा लगाम लगाउने गत वर्षदेखिकै सरकारको निर्णय गृह मन्त्रालयमा भने खासै लागू भएको छैन । एक वर्षमा गृहका एक सय सात कर्मचारीले विदेश भ्रमण गरेका छन् । एउटै कर्मचारीले आठपटकसम्म विदेश भ्रमण गरेका छन् ।

गृहमा सबैभन्दा बढी विदेश पुग्ने प्रवक्ता सहसचिव रामकृष्ण सुवेदी हुन् । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा उनले आठपटक विदेश भ्रमण गरेका छन् । मन्त्रालयको सबैभन्दा महत्वपूर्ण मानिने शान्ति सुरक्षा व्यवस्थापन महाशाखाका प्रमुखसमेत रहेका सुवेदीले इटाली, थाइल्यान्ड, भारत, चीन, बंगलादेश र भियनाको भ्रमण गरे । फिलिपिन्स भने दुईपटक गएको विवरण छ । उनका ६ भ्रमण विभिन्न कार्यक्रममा सहभागिताका लागि, एउटा तालिम र अर्को अध्ययनका लागि भएको मन्त्रालयले जनाएको छ ।

सुवेदीपछि विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव इन्दु घिमिरे धेरैपटक विदेश घुम्ने कर्मचारीमा पर्छिन् । उनी वर्षमा ६ पटक विदेश गएकी छिन् । बंगलादेश र थाइल्यान्ड दुई–दुई पटक गएकी उनी जर्मनी, स्विट्जरल्यान्ड एक–एकपटक गएको मन्त्रालयको विवरणमा उल्लेख छ । गृहसचिव प्रेमकुमार राई भने दुईपटक विदेश गएका छन् । गत वर्ष उनी स्विट्जरल्यान्ड र थाइल्यान्ड गएका थिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्ले भियतनाम, जेनेभा, थाइल्यान्ड र मलेसिया गएका थिए । सहसचिव नारायणप्रसाद शर्मा दुवाडी जापान, अस्ट्रिया, इन्डोनेसिया र मंगोलिया गरी चार देश गएका थिए ।

कर्मचारी प्रशासन महाशाखाका सहसचिव केदारनाथ शर्मा र महादेव पन्थ तीन–तीनपटक विदेश गएका छन् । शर्मा इरान, जापान र चीन तथा पन्थ इन्डोनेसिया, अस्ट्रेलिया र अमेरिका गएका थिए ।

अध्यागमन विभागका महानिर्देशक ईश्वराराज पौडेलले जर्मन, स्विट्जरल्यान्ड, भारत र बेलायतको एक–एकपटक भ्रमण गरेको गृह मन्त्रालयले जनाएको छ । गृहका सहसचिवहरू हरिप्रसाद मैनाली, अर्जुनप्रसाद पोखरेल, सुशील कोइराला, जनकराज दाहाल, जितेन्द्र बस्नेत, कुमार खड्का, पुष्कर सापकोटा र राजेश पौडेल एक–एकपटक विदेश भ्रमणमा गएका छन् । त्यस्तै, ४६ उपसचिव, ४३ अधिकृत र दुई नासुले पनि गत वर्ष विदेश भ्रमण गरेको मन्त्रालयको विवरणमा छ ।

धैरै विदेश जान पाउने उपसचिवहरूमा वंशीप्रसाद आचार्य, रामचन्द्र तिवारी, वशिष्ठकुमार घिमिरे, ज्ञाननाथ ढकाल, वेदनिधि खनाल र परमानन्द घिमिरे छन् । उनीहरूमध्ये आचार्य चार देश तथा अन्य उपसचिव तीनपटक विदेश गएका छन् ।

सबै तहका गरी एक सय सात कर्मचारीले विदेश भ्रमण गरेका छन् । जसमध्ये सबैभन्दा धेरै ३६ जना चीन गएका छन् । चीनपछि थाइल्यान्ड र भारत जाने कर्मचारीको संख्या धेरै छ । विदेश जानेमा मन्त्रालयमै कार्यरत कर्मचारीको हालिमुहाली हुने गरेको छ । , समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।