३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

त्रिशूली ३ बी हब सबस्टेसन ६० प्रतिशत निर्माण

त्रिशूली ३ बी हब सबस्टेसन ६० प्रतिशत निर्माण
अ+ अ-

काठमाडौं । त्रिशूली ३ बी २ सय २० केभी हब सबस्टेसन आयोजनाको ६० प्रतिशत निर्माण कार्य सकिएको छ । आयोजनाको ट्रान्सफर्मर रहने स्थानमा जग हालिएको र कन्ट्रोल बिल्डिङ बनाउन सुरु भएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार सबस्टेसन सुरक्षाका लागि त्रिशूली नदी–किनारमा पर्खाल लगाउने काम अन्तिम चरणमा छ । सबस्टेसनमा प्रयोग हुने उपकरणको उत्पादन भइरहेको र डेढ महिनाभित्र आयोजनास्थलमा आपूर्ति सुरु हुनेछ ।

नुवाकोटको किस्पाङ गाउँपालिका–५ पहिरेबेंसीमा निर्माणाधीन सबस्टेसनको स्थलगत निरीक्षण गर्न पुगेका घिसिङले आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिए । निर्माण कार्यको नियमित अनुगमन गर्ने बताउँदै उनले जनशक्ति थप्न ठेकेदार कम्पनीलाई आग्रह गरे । ‘यो सबस्टेसन एक वर्षभित्र पूरा नभए चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजनाको १ सय ६८ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोड्न सकिँदैन । खेर फाल्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘प्राधिकरणले ती आयोजनालाई करोडौँ रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन सक्छ ।’ उनले निर्माणका क्रममा आउन सक्ने अवरोध हटाइदिनेसमेत बताए ।

चिलिमे–त्रिशूली प्रसारण लाइनको प्रगति ४५ प्रतिशत
चिलिमे–त्रिशूली २ सय २० केभी प्रसारण लाइन आयोजनाको भौतिक प्रगति ४५ पुगेको छ । आयोजनाले रसुवाको चिलिमेदेखि त्रिशूली ३ बी २ सय २० केभी हब सबस्टेसनसम्म २७ किलोमिटर प्रसारण लाइन र चिलिमेमा सबस्टेसन निर्माण गरिरहेको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन यही प्रसारण लाइनमा जोडिनेछ ।

आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली ३ बी हबसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्नेछ । प्रसारण लाइनका ८० टावरमध्ये १५ वटाको जग हाल्न खाल्डो खनिएको आयोजना प्रमुख केदार सिलवालले बताए ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।