३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

कार्यालयमै बस्दैनन्, कार्यालय प्रमुख

कार्यालयमै बस्दैनन्, कार्यालय प्रमुख
अ+ अ-

जुम्ला ।जुम्लाका सरकारी कार्यालयका ४९ जना कर्मचारी जिल्ला प्रशासन कार्यालयको छड्केमा परेका छन् । सरकारी कार्यालयबाट हुने सेवा प्रवाह, कर्मचारीहरुको उपस्थिति अवस्था बारेमा जिल्ला प्रशासन कार्यालय जुम्लाले गरेको छड्के अनुगमन ४९ जना कर्मचारी अनुपस्थित रहेको देखिएका छन् । अनुपस्थित हुनेमा अधिंकाश कार्यालय प्रमुख रहेका छन् । छड्के अनुगमनको क्रममा जिल्लामा रहेका २८ वटा सरकारी कार्यालय मध्य ११ वटा सरकारी कार्यालयका प्रमुख नै अनुपस्थित देखिएका छन् ।

भने अन्य कार्यालयका गरि ४९ जना कर्मचारी अनुपस्थित रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । चालु आर्थिक बर्षको साउन महिनाको तेस्रो साता जिल्ला प्रशासन कार्यालय जुम्लाको छड्के अनुगमनमा ४९ जना कर्मचारी कार्यालयमा उपस्थित नभएको भेटिएको छ । प्रशासनले चारवटा समुह बनाएर छड्के अनुगमन गरेपछि २८ सरकारी कार्यालयका ४९ जना कर्मचारीमा कार्यालयमा उपस्थित नभएको भेटिएको हो ।अनुगमनको क्रममा नौ वटा कार्यालयमा कार्यालय प्रमुख कार्यालयमा उपस्थित रहेको, आठ वटा कार्यालयका कार्यालय प्रमुख कार्यालयको कामकाजको सिलसिलाम जिल्ला बाहिर काजमा रहेको पाईएकको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार २८ वटै कार्यालयको हाजिरी किताब जिल्ला प्रशासन कार्यालयमा ल्याई रूजु गर्दा अनुमति बिना कर्मचारी अनुपस्थित देखिएको हो । केही कार्यालय प्रमुखले प्रशासन कार्यालयमा बाहिरी जिल्ला जाने अनुपति लिएपनि कार्यालयको हाजिरीमा उल्लेख नगरेको पाईएको उनले जानकारी दिईन् ।

कार्यालयमा उपस्थित नहुने प्रमुखमा कृषि अनुसन्धान कार्यालय, जिल्ला हुलाक कार्यालय, नागरिक उड्यन कार्यालय, वनस्पति अनुसन्धान केन्द्र र साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय प्रमुख रहेका छन् । त्यसैगरी कृषि ज्ञान केन्द्र, संघीय खानेपानी तथा ढल व्यवस्थापन, व्यवसायिक सिप विकास तालिम केन्द्र, जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, सहरी विकास तथा भवन कार्यालय र यातायात व्यवस्थापन कार्यालय रहेका छन् । एकै पटक सरकारी कार्यालयका प्रमुख र कर्मचारीले के कामले कहाँ गएका हुन्, प्रशासनलाई जानकारी छैन । भने निमित्त पनि नतोकेका कारण सेवा प्रवाहमा असर परेको देखिएको छ ।

‘अनुपस्थित रहेका सबैलाईद निजामति कर्मचारी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाईन्छ’ प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भनिन्,‘ अब देखी कार्यालय प्रमुख देखी कर्मचारी र कार्यालय सहयोगी सम्मको जानकारी प्रशासनलाई दिने काम गर्नेछौ ।’ जुम्लाका चार वटा पर्यटकीय क्षेत्र छनोट शुभाकर विश्वकर्मा,जुम्ला जुम्लाको चन्दननाथ, गुठिचौर, पातारासी र सिँजा उपत्यका पर्यटकीय गन्तवयको रुपमा छनोट भएका छन् । नेपाल भ्रमण वर्ष र कर्णाली रारा पर्यटन वर्षको लागि कर्णाली प्रदेश सरकारले जुम्लाका चार क्षेत्रलाई छनोट गरेको हो । यस अघि पर्यटन मन्त्रालयको सय नयाँ गन्तव्यमा सिंजा उपध्यका र डुडुल चैत्य परिसकेका छन् । प्रदेश सकरारले छनोट गरेका अन्य कर्णालीका ४० पर्यटकीय स्थलमध्ये २० वटा स्थानलाई अन्तराष्ट्रिय र २० वटालाई राष्ट्रिय रुपमा चिनाउने सरकारको लक्ष्य सहित जुम्लाका पनि यि क्षेत्र समावेश भएका हुन् ।

धार्मिक पर्यटनका दृष्टिले चन्ददनाथ मन्दिर, पर्यटकीय दृष्टिले गुठीचौर र पातारासी पर्यटकको रोजाईका क्षेत्र हुन् । नेपाली खष भाषाको उद्गम थलो जुम्ला मात्रै होईन कर्णाली कै गन्तव्यको क्षेत्र हो । पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोराले प्रदेश सरकारको रोजाईमा पातारासी परेकोमा खुसी व्यक्त गरे । उनले विश्व कै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलो, कान्जिरोवा हिमाल, सबै भन्दा ठुलो चुकेनी जलविद्युत आयोजनालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नको लागि गाउँपालिकाले पनि कार्यक्रम ल्याएको बताए । यस्तै सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावल सिंजा क्षेत्रको विकासका लागि गाउँपालिकाले स्थापना काल देखी लागि रहेको बताए । प्रदेश सरकारले पनि यस क्षेत्रको विकासका लागि लाग्नु पर्ने उनको भनाई छ । उत्कृष्ट गन्तव्यमा जुम्लाका चार वटा गन्तव्य परेपनि भने जिल्लाबासीले खुसी व्यक्त गरेका छन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।