३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

सरकारी अस्पतालमा अझै पनि नियमविपरीत साझाका फार्मेसी

सरकारी अस्पतालमा अझै पनि नियमविपरीत साझाका फार्मेसी
अ+ अ-

काठमाडौं । सरकारले ‘अस्पताल फार्मेसी सेवा निर्देशिका’ जारी गरेको चार वर्ष भइसकेको छ । तर, अझैसम्म पनि निर्देशिका पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको छैन । सरकारी अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने भन्दै ०७२ मा सरकारले निर्देशिक जारी गरेको थियो । राष्ट्रिय स्वास्थ्य नीति ०७१ को प्रस्तावना र स्वास्थ्य मन्त्रालयको ०७० र ०७१ को परिपत्रमा अस्पताल आफैँले फार्मेसी राख्नुपर्ने भनिएको छ ।

सरकारले निर्देशिका जारी गर्नुअघिसम्म साझा स्वास्थ्य सेवाले सहकारीका रूपमा सरकारी अस्पताल हाताभित्र सेवा दिँदै आएको थियो । पछिल्ला दिनमा औषधिमा जनताको सहज पहुँच र सस्तोमा सेवा दिने उद्देश्यले सरकारले अस्पतालहरूमा आफ्नै फार्मेसी अनिवार्य गरेको हो । निर्देशिका जारी भएसँगै साझाका औषधि पसल धेरै अस्पतालमा बन्द भइसकेका छन् भने केही स्थानमा सञ्चालनमा छन् ।

स्वास्थ्य मन्त्रालयकी औषधि व्यवस्थापक संगीता साहले सरकारी अस्पतालबाट साझालाई औषधि पसल हटाउन आग्रह गरेको बताइन् । ‘२४ घन्टा औषधि बेच्ने विज्ञ साझासँग छैनन्, त्यसैले सरकारी अस्पतालमा उसले फार्मेसी चलाउन मिल्दैन,’ उनले भनिन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २५ बेडसम्मका ६६ अस्पताल, ५० बेडसम्मका १५, १०० बेडसम्मका ११ र १०० बेडभन्दा माथिका १२ गरी जम्मा १०४ सरकारी अस्पताल छन् ।

विशेषज्ञ चिकित्सकले गुणस्तरीय औषधि सिफारिस गर्ने
सार्वजनिक खरिद नियमावलीमा भएको संशोधनअनुसार तत्काल फार्मेसी सञ्चालन निर्देशिकाले गरेको व्यवस्थाबमोजिम गुणस्तर कायम राख्न विशेषज्ञ चिकित्सकहरूको एउटा समूहले गुणस्तरीय औषधि सिफारिस गर्न सक्नेछन् । साथै, फार्मेसीले औषधि किन्न पाउने अवस्था सिर्जना भएको छ । साहका अनुसार चिकित्सकहरूले बिरामीलाई औषधि सिफारिस गर्दा जेनेरिक अर्थात् त्यसमा रहेको रासायनिक मिश्रणको नामबाट नभई ब्रान्ड अर्थात् व्यापारिक नाममा लेखिदिने प्रचलन धेरै छ ।

यस्ता जनशक्ति आवश्यक पर्छ
नियमअनुसार २५ बेडसम्मका अस्पतालमा फार्मेसी सहायक दुई र सहयोगी एकजना जनशक्ति रहने उल्लेख छ । ५० बेडसम्मका अस्पतालमा फर्मासिस्ट एक, फार्मेसी सहायक दुई र सहयोगी एकजना जनशक्ति रहनेछन् । १०० बेडसम्मलाई क्लिनिकल फर्मासिस्ट एक, फर्मासिस्ट दुई, फार्मेसी सहायक चार र सहयोगी दुईजना रहने उल्लेख छ । त्यस्तै, १०० बेडभन्दा माथिका अस्पतालमा क्लिनिकल फर्मासिस्ट एक, फर्मासिस्ट तीन, फार्मेसी सहायक छ र सहयोगी दुईजना रहने व्यवस्था अनिवार्य गरिएको छ ।

लबिङमा साझा
चिकित्सकको सिफारिसका आधारमा मात्रै औषधिको बिक्री–वितरण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । तर, साझा स्वास्थ्य सेवाले फार्मेसीमा डाक्टर, नर्स, फर्मासिस्ट विज्ञ नराखी चिकित्सकको सिफारिसविना औषधि बेच्दै आएको मन्त्रालयको भनाइ छ । मन्त्रालयकी औषधि व्यवस्थापक साहले साझा स्वतन्त्र रूपले चलेका कारण उसलाई अस्पताल छाडेर सामुदायिक फार्मेसीमा जान आग्रह गरेको जानकारी दिइन् ।

साझाको औषधि बिक्रीले सरकारी नीतिलाई चुनौती दिएको उनको भनाइ छ । सहकारी ऐनअन्तर्गत सञ्चालन रहेको भन्दै साझाले अनुमतिका लागि लबिङ गरिरहेको मन्त्रालयले जनाएको छ । अहिले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङलगायत केही स्थानमा साझाले औषधि पसल सञ्चालन गरिरहेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।