३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

घरैपिच्छे डेंगु, ९९ जनामा पोजेटिभ देखियो

घरैपिच्छे डेंगु, ९९ जनामा पोजेटिभ देखियो
अ+ अ-

सुनसरी । धरानमा तीन महिना बितिसक्दा पनि डेंगु नियन्त्रण हुन सकेको छैन । यहाँ करिब ४ हजार जना डेंगु भाइरसबाट संक्रमित भइसकेका छन् । साउनमा मात्र ७ सय २० जना बिरामी थपिएका छन् । धरानका हरेकजसो घरमा डेंगुका बिरामी भेटिइरहेका छन् । कतिपय घरमा सात जनासम्म संक्रमित छन् ।

एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेले पानीमा पारेका अन्डा, लार्भा र प्यूपा नस्ट नगरिँदा डेंगु नियन्त्रण हुन नसकेको हो । एउटै सहरमा धेरैजना संक्रमित भएपछि प्रदेश १ को प्रदेशसभाले धरानलाई ‘डेंगु संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ ।

उपमहानगरपालिका कार्यालयले डेंगु नियन्त्रणमा ३० लाख रुपैयाँ खर्च गरिसकेको छ । चारवटा फगिङ मेसिन खरिद गर्दा मात्र ३ लाख ८० हजार खर्च भएको छ । यसबाहेक डिजल, साइफर मेथ्रिन, प्राविधिकलाई भत्ता सुविधा र जनचेतना कार्यक्रम सञ्चालनमा खर्च भएको छ । डेंगु संक्रमणको दर घटेको छैन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दैनिक २० देखि २५ जना उपचार गर्न आउने गरेको जनाएको छ । अरू निजी क्लिनिक र अस्पतालमा पनि बिरामी उतिकै छन् ।

डेंगु प्रकोप नियन्त्रणका लागि प्रतिष्ठानको पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिन विभागका चिकित्सक र ल्याब टेक्निसियन समावेश गरेर र्‍यापिड रेस्पोन्स टिम गठन गरिएको थियो । टिमले जनप्रतिनिधि, स्थानीय समुदाय, विभिन्न शैक्षिक संस्थाका सदस्यहरूलाई जमेको सफा पानीमा लामखुट्टेले पारेका अन्डा, लार्भा र प्युपा नष्ट गर्ने तरिका सिकाएको थियो । धेरै बिरामी भेटिएपछि उपमहानगरपालिकाले ८ र १५ नम्बर वडालाई स्वास्थ्य संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय र केन्द्र सरकारका स्वास्थ्य टोली तथा अनुसन्धानकर्मीहरू धरान आएर ‘सर्च एन्ड डेस्ट्रोय’ ९खोजी र नष्ट० अभियानमा सहभागी भएका थिए । डेंगु फैलिएको तीन सातासम्म विभिन्न वडामा सरकारी, गैरसरकारी संघसंस्थाका सदस्यहरू नियन्त्रण अभियानमा सक्रिय देखिए । त्यसयता उनीहरू सुस्ताउदा फेरि संक्रमण दर बढेको हो ।

‘डेंगु फैलने सिजन भएकाले धरान, इटहरी, विराटनगर, इनरुवा, झापाका केही क्षेत्रमा नियन्त्रण गर्न मुस्किल भएको छ । भदौसम्म प्रकोप जारी रहन सक्छ,’ प्रदेश १ का स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताले भने । भारत र बंगलादेश जस्ता डेंगु प्रभावित मुलुकहरूमा पनि ‘सर्च एन्ड डेस्ट्रोय’ अभियान नै चलाइने गरेको उनले बताए ।

‘हामीले पनि त्यही नीति पछ्याइरहेका छौं तर, प्रभावकारी हुन सकेको छैन,’ उनले भने । डेंगु संक्रमित लामखुट्टेको अन्डा, लार्भा र प्युपा नष्ट गर्नुभन्दा उडिरहेको लामखुट्टे मार्नलाई फगिङ (कीटनाशक औषधि छर्कने) मा स्थानीय समुदाय बढी केन्द्रित भएकाले प्रकोप नियन्त्रण हुन नसकेको उनको ठहर छ । ‘फगिङ प्रभावकारी हुँदैन । यसले लामखुट्टे मार्छ तर, त्यसका अन्डा, लार्भा प्युपा नष्ट गर्न सक्दैन,’ उनले भने ।

उपमहानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामबाबु यादवले वडावासीले फगिङ मेसिन माग गरिरहेको बताए । उनले भने, ‘धरानको हावापानी पछिल्लो समय डेंगु सार्ने लामखुट्टेका लागि उपयुक्त भइदिएको छ । न चिसो न गर्मी ।’ बढी गर्मी र बढी चिसो भए लामखुट्टेका अन्डा, लार्भा, प्युपा मर्न सक्छन् ।

उपमहानगरपालिकाले संकटग्रस्त क्षेत्रमा फगिङका साथै जनचेतनामूलक कार्यहरू गरिरहेको उनले बताए । ‘सोमबारदेखि वडा ७ बाट फेरि सर्च एन्ड डेस्ट्रोय अभियान सुरु गरेका छौं,’ उनले भने । धरानमा देखिएको डेंगु सेरोटाइप–२ रहेकोचिकित्सक बताउँछन् ।

समुदाय सचेत हुँदाहुँदै पनि धरानमा डेंगु नियन्त्रण नहुनुमा मानवीय व्यवहार प्रमुख कारण रहेको विज्ञ चिकित्सकहरूले बताएका छन् । बीपी प्रतिष्ठानका पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिनका चिकित्सकसमेत रहेका र्‍यापिड रेस्पोन्स टिमका संयोजक डा. विजयकुमार खनालले भने, ‘जनचेतना फैलाइएको छ । घरघर गएर लामखुट्टेका अन्डा, लार्भा, प्युपा नष्ट गर्ने तरिका सिकाइएको छ । तर, अरूले आएर गरिदेओस् भन्ने शैलीको व्यवहार परिवर्तन नगरेसम्म नियन्त्रण हुन सक्दैन ।’

उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जु भण्डारी सुवेदीले यसै सातादेखि विशेष र फरक शैली अपनाएर भए पनि जनपरिचालन गर्न गृहकार्य गरिरहेको बताइन । ‘सर्च एन्ड डेस्ट्रोयमा एक घरबाट एकजना निस्कने वातावरण बनाउदैँ छौं,’ उनले भनिन्, ‘धरानमा करिब ३५ हजार घर छन् । एकसाथ अभियानमा निस्के एक सातामै डेंगु नियन्त्रण गर्न सक्छौं ।’ विज्ञ तथा चिकित्सकहरूको सल्लाहअनुसार घर, अफिसमा हुने फ्रिज, एसी, कुलर र गमला राख्ने प्लेटलगायतको अनुगमन थाल्ने पनि उनले बताइन । ‘अभियानमा सुरक्षाकर्मी पनि परिचालन गर्ने तयारी भइरहेको छ,’ उनले भनिन् ।

धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसारको माइक्रोबाइलोजी विभागले डेंगु नियन्त्रणका लागि आफ्ना विद्यार्थीलाई जनचेतनाका लागि विभिन्न विद्यालय, वडा तथा टोलहरूमा पठाउन थालेको छ । विभागीय प्रमुख धीरेन सुब्बा लिम्बुका अनुसार हालै गरिएको सर्वेक्षणमा धरानवासी डेंगुबारे जानकार भए पनि नियन्त्रणका उपाय लागू नगर्ने प्रवृत्ति देखिएको छ ।

‘क्याम्पसका विद्यार्थी, शिक्षकले केही साताअघि एक हजार जनामा डेंगुबारे ज्ञान, व्यवहार र अभ्यासबारे सर्वेक्षण गरेका थियौं । धरानेहरूलाई यो कस्तो रोग हो, के गर्नुपर्छ, कसरी बच्न सकिन्छ भन्ने प्रस्ट थाहा छ तर, व्यवहारमा भने कसैले पनि लागू गरेको पाइएन,’ उनले भने, ‘नियन्त्रण नहुनुको मुख्य कारण अल्छीपन हो ।’

जानेको उपायलाई प्रत्येकले व्यवहार लागू नगरेसम्म डेंगु नियन्त्रणमा नआउने उनले बताए । धरान, इटहरी र इनरुवामा भेटिएका डेंगु भाइरसको प्रजातिबारे अध्ययन र अनुसन्धानमा काठमाडौंको कमलपोखरीस्थित अत्याधुनिक उपकरणयुक्त ‘सेन्ट्रल डाइग्नोष्टिक ल्याबोरेटरी एन्ड रिचर्स सेन्टर’ सँग सहकार्य गरिरहेको उनले जानकारी दिए । ‘धरानमा डेंगु संक्रमणको लक्षण देखिएका सय जनाको रगतको नमुनालाई सेरोटाइप परीक्षणका लागि पठाउँदा ९९ जनामा पोजेटिभ देखियो,’ रिचर्स सेन्टरका मोलिकुलर भाइरोलोजीका वैज्ञानिक विष्णुप्रसाद उपाध्यायले भने ।

डेंगु नियन्त्रणका लागि उपमहानगरपालिकाले मात्र होइन, वडा र टोलटोलका बासिन्दाले आफैं खरिद गरेर ल्याएको फगिङ मेसिन प्रयोग गर्ने होड छ । तर, यो प्रविधिलाई विश्व स्वास्थ्य संगठनले पहिल्यै प्रतिबन्ध गरिसकेको छ । फगिङ मेसिनमा अल्फा साइफर मेथ्रिन नामको रासायनिक तत्त्वमा डिजेल वा मट्टितेल मिसाएर धूवाँका रूपमा औषधि छर्ने गरिन्छ ।

फगिङले वयस्क लामखुट्टेलाई मात्र मार्ने बताइए पनि मानव स्वास्थ्यका लागि समेत हानिकारक हुने भन्दै विश्व स्वास्थ्य संगठनले प्रतिबन्ध लगाएको हो । प्रकृतिका मित्र मानिएका पुतली, किरा फट्याङ्ग्रा जस्ता साना जीव पनि मार्ने भएकाले फगिङ मेसिन प्रयोग गर्नु अनुपयुक्त हुने विशव स्वास्थ्य संगठनले जनाएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।