२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर डायरी : हस्पिटलले ठीक गरेको पिर !



अ+ अ-

-अनुराग शाह

साउनको महिना थियो बाबाको पेटमा समस्या आएकोले बाबालाई गाउबाट उपचारका लागि वीर अस्पताल लिएर आएका थियौं । इमर्जेन्सीमा भर्ना गर्नुपर्ने थियो । वीरमा भएको प्रभु बैको काउन्टरमा मान्छेहरु आफ्ना बिरामीलाई चेक गराउन लाइनबद्द थिए ।

म पनि त्यही लाइनमा बसे । बाको अवस्था झन नाजुक झन नाजुक हुँदै थियो । पालो आउन अझै केही घण्टा लाग्ने पक्का थियो । केही घण्टा पर्खिदा बाको अवस्था खतरामा जना पनि सक्थ्यो । लाइनमा भएकाहरुलाई आफ्नो बिरामीको समस्या यस्तो छ भनेर बताएपछी मलाई टिकट काट्न पालो दिए । तीन हज्जारको एउटा टिकट काटेर बिरामी बालाई हस्पिटलको लिफ्ट चढाएर ग्यास्ट्रोमा पु¥याए ।

त्यहा पनि चेक गर्ने लाइन थियो । यहाँ आएका सबैको अवस्था बाकै जस्तो थियो । त्यसैले पालो कुरेर डक्टरलाई देखाए । आँखा हेरेर बा सँग केही भालाकुसारी गरेर डक्टरले हामीलाई इमर्जेन्सीमा जान सुझाब दियो । त्यही सुझाबलाई पालाना गर्दै इमर्जेनीमा गयौं । धेरै पहिला सुनेको थिए वीर हस्पिटलमा बिरामी राख्न बेडको अभाव हुन्छ भनेर । तर हामी जादा केही बेड खाली भएको कारण हामीले त्यो समस्या झेल्न परेन । इमर्जेन्सीमा बाको सबै चेक गरेर अप्रेसन गर्ने कुरा डक्टरहरुले बताए ।

अप्रेसन सुन्ना साथ बा अत्तालिए । मलाई पनि अली डर लाग्यो । अझ डक्टरहरु भन्दै थिए कि बहुत ढिलो ल्याउनु भयो बेलुका सम्म जसरी पनि अप्रेसन गर्नै पर्छ । यदी आन्द्रामा धेरै प्वाल रहेछ भने दिशा पेटभरी छरियर संक्रमन भएको भए अप्रेसन असफल हुनसक्छ । डक्टरको अप्रेसन असफल शब्दले मलाई स्तब्ध बनायो । बाको अगाडि रुदा बालाई नै गार्हो हुने हस्पिटलको चौरमा गएर बहुत रोए । १२ बजे इमर्जेन्सीमा राखेको बिरामीलाई ८ बजे अप्रेसन गर्न अर्को रुममा लगियो ।

अप्रेसनका लागि जनरल अप्रेसन थियटरको मेल वाडको ३२४ बेडमा बालाई अक्सिजन दिएर राखियो । त्यहा पाँच मिनेट राखेर बेडमा बालाई पुनः अप्रेसन कक्षमा लगियो । अप्रेसन असफल भए हामी जिम्मेवार छैनौ भन्ने सम्झौतामा मलाई दस्ताखत गर्न लगाईयो ।

म पहिलो पटक आफ्नै बालाई काट्नलाई अरुलाई अनुमती दिदै थिए । यदी अप्रेसन असफल भएको खन्डमा भोली मेरो आफ्नो मनले मलाई बाको हत्यारा घोषणा गर्न सक्थ्यो ।


अप्रेसन थियटर भित्र बा थिए । हामी बाहिर बाको सफल अप्रेसनको प्रतिक्षामा थियौं । फिल्ममा हिरोईनलाई अप्रेसन गर्दा हिरोले बाहिर प्रतिक्षा गरेको देखेको थिए । त्यही क्रममा कती हिरोईनको अप्रेसन सफल भएर हिरो खुशी भएको देखेको थिए भने कती हिरोईनको अप्रेसन असफल भएर लास देखेर हिरो बेहोस् भएको पनि देखेको थिए । आज आफुलाई पनि त्यही फिल्मको पात्र बनाई रहेको थिए मैले । त्यो मानब निर्मित अभिनय थियो भने यो परिस्थिती सिर्जित अभिनय थियो ।

त्यसमा निदाएकाहरु ब्युझिन्छन भने यस्मा निदाएका हरु कहिल्यै ब्युझिदैनन् । ९ बजे सुरु भएको अप्रेसन १२ बजे सकियो । यो तीन घण्टाको अबधिमा मैले बुझ्ने भएदेखी आजसम्म सबै भन्दा कम्जोर अनुभव गरेको समय थियो । मधेशी मुलको एकजना डक्टरले अप्रेसन थियटरको ढोका खोलेर बाको नाम लिदै अप्रेसन सफल भएको छ भनेर भन्यो । त्यो खबरले पुन मलाई फेरी शक्तिशाली बनायो । अनुहारमा चमक आयो ।


अप्रेसन सकिएपछी बालाई होस् नखुलुन्जेल सम्म अप्रेसन वाडमा अक्सिजन दिएर राखियो । बाको भन्दा पछी अप्रेसन गरेका सबैको होस आईसकेको थियो । बा भने अझै पनि होस् गुमाएर बेड्मा मृत्यु सँग लडिरहेका थिए । आफन्त सबैलाई सोधे ’अप्रेसन गरेको कती घण्टामा होस् आउछ ? भनेर सबैको जवाफ थियो १–२ घण्टामा आइसक्छ । यो जवाफले फेरी मलाई दुखी बनायो । अप्रेसन वाडको बाहिर भुईमा हामी बाको होसको प्रतिक्षामा बसिरहेका थियौ । अप्रेसन गरेको १६ घण्टा पछी बाको शरीरमा होस् आयो, हाम्रो प्रतिक्षा समाप्त भएर हाम्रो मुहार पनि खुशी आयो ।

बालाई त्यही अप्रेसन वाडमा ३ दिन राखियो । त्यो तीन रात हामीले त्यही वाडको भुईमा म्याट्रेस बिछ्याएर रात काट्यौ । बिरामीको नामा भन्दा बेड नम्बर कण्ठ गर्नुपर्ने । यती नम्बरको कुरुवा को हो? यस्तो गर्नुपर्यो । उस्तो गर्नुपर्यो भनेर सेताकोट धारी महिलाहरुले वाडको ढोकाबाट कराउथ्ये हामी पनी त्यही मुताबिक काम गर्थौ ।


तीन दिन पछी बालाई अप्रेसन वाडबाट हुइल्चियरमा राखेर अप्रेसन गर्नुभन्दा अगाडि राखिएको रुममा लिईयो । जनर्लवाडमा लगेपछी बाका साथी मेरा साथी शुभचिन्तककोहरुको भेटघाट चल्यो सँगै बालाई सामान्य बनाउन उपचार पनि चल्यो । एक हप्ता त्यही वाडमा राखेपछी बाको स्वास्थ्यमा क्रमिक सुधार भयो । बा बिरामी हुनु भन्दा अगाडि सरकारी हस्पिटल प्रती बिकास भएको नकारात्मक धारणामा पनि परिवर्तन आयो । यसरी हाम्रो पिरलाई ठीक गर्यो वीरले ।