३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

वीर डायरी : हस्पिटलले ठीक गरेको पिर !

वीर डायरी : हस्पिटलले ठीक गरेको पिर !
अ+ अ-

-अनुराग शाह

साउनको महिना थियो बाबाको पेटमा समस्या आएकोले बाबालाई गाउबाट उपचारका लागि वीर अस्पताल लिएर आएका थियौं । इमर्जेन्सीमा भर्ना गर्नुपर्ने थियो । वीरमा भएको प्रभु बैको काउन्टरमा मान्छेहरु आफ्ना बिरामीलाई चेक गराउन लाइनबद्द थिए ।

म पनि त्यही लाइनमा बसे । बाको अवस्था झन नाजुक झन नाजुक हुँदै थियो । पालो आउन अझै केही घण्टा लाग्ने पक्का थियो । केही घण्टा पर्खिदा बाको अवस्था खतरामा जना पनि सक्थ्यो । लाइनमा भएकाहरुलाई आफ्नो बिरामीको समस्या यस्तो छ भनेर बताएपछी मलाई टिकट काट्न पालो दिए । तीन हज्जारको एउटा टिकट काटेर बिरामी बालाई हस्पिटलको लिफ्ट चढाएर ग्यास्ट्रोमा पु¥याए ।

त्यहा पनि चेक गर्ने लाइन थियो । यहाँ आएका सबैको अवस्था बाकै जस्तो थियो । त्यसैले पालो कुरेर डक्टरलाई देखाए । आँखा हेरेर बा सँग केही भालाकुसारी गरेर डक्टरले हामीलाई इमर्जेन्सीमा जान सुझाब दियो । त्यही सुझाबलाई पालाना गर्दै इमर्जेनीमा गयौं । धेरै पहिला सुनेको थिए वीर हस्पिटलमा बिरामी राख्न बेडको अभाव हुन्छ भनेर । तर हामी जादा केही बेड खाली भएको कारण हामीले त्यो समस्या झेल्न परेन । इमर्जेन्सीमा बाको सबै चेक गरेर अप्रेसन गर्ने कुरा डक्टरहरुले बताए ।

अप्रेसन सुन्ना साथ बा अत्तालिए । मलाई पनि अली डर लाग्यो । अझ डक्टरहरु भन्दै थिए कि बहुत ढिलो ल्याउनु भयो बेलुका सम्म जसरी पनि अप्रेसन गर्नै पर्छ । यदी आन्द्रामा धेरै प्वाल रहेछ भने दिशा पेटभरी छरियर संक्रमन भएको भए अप्रेसन असफल हुनसक्छ । डक्टरको अप्रेसन असफल शब्दले मलाई स्तब्ध बनायो । बाको अगाडि रुदा बालाई नै गार्हो हुने हस्पिटलको चौरमा गएर बहुत रोए । १२ बजे इमर्जेन्सीमा राखेको बिरामीलाई ८ बजे अप्रेसन गर्न अर्को रुममा लगियो ।

अप्रेसनका लागि जनरल अप्रेसन थियटरको मेल वाडको ३२४ बेडमा बालाई अक्सिजन दिएर राखियो । त्यहा पाँच मिनेट राखेर बेडमा बालाई पुनः अप्रेसन कक्षमा लगियो । अप्रेसन असफल भए हामी जिम्मेवार छैनौ भन्ने सम्झौतामा मलाई दस्ताखत गर्न लगाईयो ।

म पहिलो पटक आफ्नै बालाई काट्नलाई अरुलाई अनुमती दिदै थिए । यदी अप्रेसन असफल भएको खन्डमा भोली मेरो आफ्नो मनले मलाई बाको हत्यारा घोषणा गर्न सक्थ्यो ।


अप्रेसन थियटर भित्र बा थिए । हामी बाहिर बाको सफल अप्रेसनको प्रतिक्षामा थियौं । फिल्ममा हिरोईनलाई अप्रेसन गर्दा हिरोले बाहिर प्रतिक्षा गरेको देखेको थिए । त्यही क्रममा कती हिरोईनको अप्रेसन सफल भएर हिरो खुशी भएको देखेको थिए भने कती हिरोईनको अप्रेसन असफल भएर लास देखेर हिरो बेहोस् भएको पनि देखेको थिए । आज आफुलाई पनि त्यही फिल्मको पात्र बनाई रहेको थिए मैले । त्यो मानब निर्मित अभिनय थियो भने यो परिस्थिती सिर्जित अभिनय थियो ।

त्यसमा निदाएकाहरु ब्युझिन्छन भने यस्मा निदाएका हरु कहिल्यै ब्युझिदैनन् । ९ बजे सुरु भएको अप्रेसन १२ बजे सकियो । यो तीन घण्टाको अबधिमा मैले बुझ्ने भएदेखी आजसम्म सबै भन्दा कम्जोर अनुभव गरेको समय थियो । मधेशी मुलको एकजना डक्टरले अप्रेसन थियटरको ढोका खोलेर बाको नाम लिदै अप्रेसन सफल भएको छ भनेर भन्यो । त्यो खबरले पुन मलाई फेरी शक्तिशाली बनायो । अनुहारमा चमक आयो ।


अप्रेसन सकिएपछी बालाई होस् नखुलुन्जेल सम्म अप्रेसन वाडमा अक्सिजन दिएर राखियो । बाको भन्दा पछी अप्रेसन गरेका सबैको होस आईसकेको थियो । बा भने अझै पनि होस् गुमाएर बेड्मा मृत्यु सँग लडिरहेका थिए । आफन्त सबैलाई सोधे ’अप्रेसन गरेको कती घण्टामा होस् आउछ ? भनेर सबैको जवाफ थियो १–२ घण्टामा आइसक्छ । यो जवाफले फेरी मलाई दुखी बनायो । अप्रेसन वाडको बाहिर भुईमा हामी बाको होसको प्रतिक्षामा बसिरहेका थियौ । अप्रेसन गरेको १६ घण्टा पछी बाको शरीरमा होस् आयो, हाम्रो प्रतिक्षा समाप्त भएर हाम्रो मुहार पनि खुशी आयो ।

बालाई त्यही अप्रेसन वाडमा ३ दिन राखियो । त्यो तीन रात हामीले त्यही वाडको भुईमा म्याट्रेस बिछ्याएर रात काट्यौ । बिरामीको नामा भन्दा बेड नम्बर कण्ठ गर्नुपर्ने । यती नम्बरको कुरुवा को हो? यस्तो गर्नुपर्यो । उस्तो गर्नुपर्यो भनेर सेताकोट धारी महिलाहरुले वाडको ढोकाबाट कराउथ्ये हामी पनी त्यही मुताबिक काम गर्थौ ।


तीन दिन पछी बालाई अप्रेसन वाडबाट हुइल्चियरमा राखेर अप्रेसन गर्नुभन्दा अगाडि राखिएको रुममा लिईयो । जनर्लवाडमा लगेपछी बाका साथी मेरा साथी शुभचिन्तककोहरुको भेटघाट चल्यो सँगै बालाई सामान्य बनाउन उपचार पनि चल्यो । एक हप्ता त्यही वाडमा राखेपछी बाको स्वास्थ्यमा क्रमिक सुधार भयो । बा बिरामी हुनु भन्दा अगाडि सरकारी हस्पिटल प्रती बिकास भएको नकारात्मक धारणामा पनि परिवर्तन आयो । यसरी हाम्रो पिरलाई ठीक गर्यो वीरले ।