२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ

नेपाल र टर्की द्विपक्षीय व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न सहमत

नेपाल र टर्की द्विपक्षीय व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न सहमत
अ अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग आज एन्टाल्या कूटनीति मञ्चको साईडलाइनमा द्विपक्षीय भेटवार्ता गर्नुभयो । भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका महत्वपूर्ण पक्षबारे समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँहरुबीच दुई देशबीचको द्विपक्षीय व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न सहमत हुनुभएको छ ।

सो अवसरमा मन्त्री खड्काले रुस र युक्रेनका विदेशमन्त्रीलाई वार्ताको टेबुलमा ल्याउन टर्कीले खेलेको भूमिकाको प्रशंसा गर्दै कूटनीति र वार्ताबाट जारी द्वन्द्वलाई दिगोरुपमा समाधान हुने विश्वास व्यक्त गर्नुभयो । टर्कीकका विदेशमन्त्री काभुसोग्लुले नेपाल र टर्कीबीच पारस्परिक हितका क्षेत्रमा उत्पादनशील साझेदारी अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै परराष्ट्रमन्त्री खड्काले बहराइन अधिराज्यका विदेशमन्त्री डा अब्दुललातिफ बिन रसिद अल जायनीसँग पनि भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा मन्त्री खड्काले बहराइनमा रहेका नेपाली आप्रवासी कामदारको हितको रक्षा गरेकामा बहराइन सरकारको प्रशंसा गर्नुभयो । दुवै मन्त्रीबीच दुवै पक्षले आर्थिक सहयोग विस्तार गर्ने र जनता–जनताबीचको सम्पर्क र पर्यटन प्रवर्द्धन, विशेषगरी पर्वतारोहण क्षेत्रलगायतका विषयमा विचार आदानप्रदान भएको थियो । यसअघि बिहीबार बिहान परराष्ट्रमन्त्री खड्का र उहाँको प्रतिनिधिमण्डललाई कृषि, निर्माण, आतिथ्य र स्वास्थ्य जस्ता विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने टर्कीका उद्यमीहरूको समूहसँग अन्तरक्रियाका लागि कोन्याल्टी जिल्लाको व्यापारिक सङ्घ कोनिसियाडले स्वागत गरेको थियो ।

नेपाली प्रतिनिधिमण्डलले नेपाल र टर्कीबीच सम्भावित क्षेत्रमा सम्भावित व्यापार सहकार्यका लागि व्यवसायी समुदायसँग अन्तरक्रिया गरेको थियो । सो अवसरमा मन्त्री खड्काले टर्कीका व्यापारी समुदायलाई नेपालको अप्रयुक्त व्यापार अवसर खोज्न आमन्त्रण गर्नुभयो । अन्तरक्रियापछि प्रतिनिधिमण्डलले अन्टाल्या फ्री जोनको भ्रमण गरेको थियो ।