१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

नेपाल र टर्की द्विपक्षीय व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न सहमत

नेपाल र टर्की द्विपक्षीय व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न सहमत
अ अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग आज एन्टाल्या कूटनीति मञ्चको साईडलाइनमा द्विपक्षीय भेटवार्ता गर्नुभयो । भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका महत्वपूर्ण पक्षबारे समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँहरुबीच दुई देशबीचको द्विपक्षीय व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न सहमत हुनुभएको छ ।

सो अवसरमा मन्त्री खड्काले रुस र युक्रेनका विदेशमन्त्रीलाई वार्ताको टेबुलमा ल्याउन टर्कीले खेलेको भूमिकाको प्रशंसा गर्दै कूटनीति र वार्ताबाट जारी द्वन्द्वलाई दिगोरुपमा समाधान हुने विश्वास व्यक्त गर्नुभयो । टर्कीकका विदेशमन्त्री काभुसोग्लुले नेपाल र टर्कीबीच पारस्परिक हितका क्षेत्रमा उत्पादनशील साझेदारी अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै परराष्ट्रमन्त्री खड्काले बहराइन अधिराज्यका विदेशमन्त्री डा अब्दुललातिफ बिन रसिद अल जायनीसँग पनि भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा मन्त्री खड्काले बहराइनमा रहेका नेपाली आप्रवासी कामदारको हितको रक्षा गरेकामा बहराइन सरकारको प्रशंसा गर्नुभयो । दुवै मन्त्रीबीच दुवै पक्षले आर्थिक सहयोग विस्तार गर्ने र जनता–जनताबीचको सम्पर्क र पर्यटन प्रवर्द्धन, विशेषगरी पर्वतारोहण क्षेत्रलगायतका विषयमा विचार आदानप्रदान भएको थियो । यसअघि बिहीबार बिहान परराष्ट्रमन्त्री खड्का र उहाँको प्रतिनिधिमण्डललाई कृषि, निर्माण, आतिथ्य र स्वास्थ्य जस्ता विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने टर्कीका उद्यमीहरूको समूहसँग अन्तरक्रियाका लागि कोन्याल्टी जिल्लाको व्यापारिक सङ्घ कोनिसियाडले स्वागत गरेको थियो ।

नेपाली प्रतिनिधिमण्डलले नेपाल र टर्कीबीच सम्भावित क्षेत्रमा सम्भावित व्यापार सहकार्यका लागि व्यवसायी समुदायसँग अन्तरक्रिया गरेको थियो । सो अवसरमा मन्त्री खड्काले टर्कीका व्यापारी समुदायलाई नेपालको अप्रयुक्त व्यापार अवसर खोज्न आमन्त्रण गर्नुभयो । अन्तरक्रियापछि प्रतिनिधिमण्डलले अन्टाल्या फ्री जोनको भ्रमण गरेको थियो ।